Connect with us

SOCIAL

‘उठ्न देऊ’ भन्दै आए मानस राज (भिडियोसहित)

Published

on

भक्तपुर । गीतकारबाट गायक बनेका भक्तपुरका मानस राजको उठ्न देऊ नयाँ गीत सार्वजनिक भएको छ । युट्युब च्यानलबाट भदौ ९ गते उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा संगीत मानस राज आफैले भरेका छन् ।
यसअघि आफ्नै शब्द र रचनाका गीत गाउने मानस राजले पहिलोपटक अरु रचनाकारको गीत गाएका छन् । यस गीतको रचनाकार मनिष वशिष्ठले गरेका हुन् ।
गीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियोमा लागूपदार्थ दुर्व्यसनीको कथालाई फिचरिंग गरिएको छ । हाँसीखुसी बितिरहेको जीवनमा लागूपदार्थ दुर्व्यसनको कुलतमा फसेपछि ध्वस्त भएको जीवनलाई पुनः हाँसीखसीमै टुंगाइएको छ । म्युजिक भिडियोमा लागूपदार्थ दुर्व्यसनीको भूमिका सञ्जु बाबाले निभाएका छन् । सञ्जु आफै पूर्वलागूपदार्थ दुर्व्यसनी हुन् ।
म्युजिक भिडियो खिच्ने काम रिकी कर्माचार्यले गरेका छन् । दृश्य सम्पादनसमेत उनैले गरेका हुन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!