Connect with us

SOCIAL

निषेधाज्ञा उल्लंघन गर्ने २४३ नियन्त्रणमा

Published

on

फाइल फोटो

भक्तपुर । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न भक्तपुरमा निषेधाज्ञा जारी गरिएको दोस्रो दिन पनि सर्वसाधारण अनावश्यक रुपमा सडकमा निस्किन रोकिएनन् । तर शुक्रबार पहिलो दिनको तुलनामा आधा संख्यामा घटेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार शुक्रबार निषेधाज्ञा अवज्ञा गर्ने २ सय ४३ जनालाई नियन्त्रणमा लिइएको छ । जसमा पुरुष २ सय ६ र महिला ३७ जना रहेको उनले जानकारी दिए ।
त्यस्तै ५९ वटा मोटरसाइकल र ७ वटा चारपांग्रे गरी ६६ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौं र ललितपुरमा बुधबार रातीदेखि निषेधाज्ञा जारी गरिएको छ । सरकारी निषेधाज्ञा उल्लंघन गरी विनाकाम सडकमा निस्किएका सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएर सडकमै होल्ड गरेर उभ्याउने गरेका छन् । सवारीसाधनमा आउनेलाई समेत सडकमै होल्ड गरिएको छ ।
प्रहरीले निषेधाज्ञाका बेला अनावश्यक रुपमा सडकमा आउनेलाई आवश्यक परे कानुनी कारबाहीसमेत गर्ने चेतावनी दिँदै आएको छ ।
प्रहरी र स्थानीय नगरपालिकाहरुले निषेधाज्ञाबारे माइकिङ गरेर जानकारी दिँदै आएका छन् । तैपनि निषेधाज्ञामा अटेर गरेर सडकमा निस्कने क्रम रोकिएको छैन ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!