Connect with us

SOCIAL

मिनिट्रक खोलामा खस्दा चालकले गुमाए ज्यान

Avatar

Published

on

Web Picture

भक्तपुर । भक्तपुरको चागुँनारायण नगरपालिका ३ झौखेलस्थित कालीखोलामा आइतबार राती मिनिट्रक खस्दा चालकको ज्यान गएको छ ।
भक्तपुरको ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको बा ५ ख ३११ नम्बरको महेन्द्र निसान मिनिट्रक सडकबाट खोलामा खस्दा चालक झौखेलकै ३५ वर्षीय नवराज लाछिवाको ज्यान गएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले उक्त मिनिट्रक झौखेलस्थित महाशक्ति इँटा भट्टाको रहेको जानकारी दिए ।
भक्तपुर ब्यासीबाट इँटाभट्टा जाने क्रममै मिनिट्रक काली खोलामा खसेको थियो । उक्त दुर्घटनाको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग ब्यासीबाट मोबाइल गस्तीमा रहेको प्रहरी अधिकृतको टोलीले चालकलाई उद्दार गरी भक्तपुर सल्लाघारीस्थित इवामुरा मेमोरियल अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
उनका अनुसार सडकबाट कालीखोलामा खसेको गाडीभित्र चालक च्यापिएको हुँदा क्रेनको सहयोगमा उनलाई उद्दार गरिएको थियो ।
‘गम्भीर घाइते भएका चालकलाई इवामुरा मेमोरियल अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए’, प्रनाउ गिरीले भने, ‘ क्षति भएको मिनिट्रकलाइ क्रेनको सहयोगले निकालिएको थियो ।
लापरबाही तरिकाले तीव्र गतिमा सवारी चलाउँदा आफै अनियन्त्रित भई उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!