Connect with us

SOCIAL

भक्तपुरमा एक संक्रमित थप : संक्रमित महानगरका सफाइ मजदुर

Published

on

भक्तपुर । भक्तपुरका नयाँ कोरोना भाइरस संक्रमित काठमाडौं महानगरपालिकाका सफाइ मजदुर रहेको खुलेको छ । ४२ वर्षीय उनी भक्तपुर नगरपालिका ५ योसिंखेलका स्थायी बासिन्दा हुन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले संक्रमितको पहिचान खुलेसँगै उनको घर तथा वस्ती सिल गर्न प्रहरी खटिएको छ ।
साथै उनको यात्रा विवरण (ट्राभल हिस्ट्री) र उनको सम्पर्कमा आएकाहरुको ट्रेस गर्ने कार्य भइरहको प्रहरी उपरीक्षक प्रधानले स्पष्ट पारे ।
यसअघि भक्तपुर नपा ५ योसिंखेलमै पुख्र्यौली घर भएर हाल सूर्यविनायक नपा ६ पाण्डोबजारमा बस्दै आएका काठमाडौं महानगरकै पुरुष सफाइ मजदुरको आरडीटी पोजिटिभ आएको थियो । आरडीटी पोजिटिभ आएसँगै भक्तपुर नपा ५ र सूर्यविनायक नपा ६ पाण्डोबजार दुवै ठाउँमा सिल गरिएको थियो ।
पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएसँगै सिल हटाइएको थियो तर बुधबार पुनः भक्तपुर नपा ५ योसिंखेलमा सिल गरिएको छ ।
मंगलबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी संक्रमण पुष्टि गरेका महानगरका सफाइ मजदुरको आरडीटी परीक्षण भने नेगेटिभ आएको बताइएको छ ।
यसअघि भक्तपुरको चाँगुनारायण नपा १ दुवाकोटको सरस्वतीखेल बस्दै आएका सशस्त्र प्रहरीका जवान र सुनसरीबाट भक्तपुर आएकी आरोग्य प्रतिष्ठानकी महिला कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको सार्वजनिक भएको थियो ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!