Connect with us

SOCIAL

दाजुबाटै बहिनी बलात्कृत

Published

on

Web Picture

भक्तपुर । आफ्नै बहिनीमाथि जबरजस्ती करणी गरेको आरोपमा भक्तपुर प्रहरीले दाजुलाई नियन्त्रणमा लिएको छ । २३ वर्षीय दाजुले वैशाख १३ गते बिहान सुतिरहेकी १४ वर्षीया बहिनीमाथि जबरजस्ती करणी गरेको भक्तपुर प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दाजुबहिनी जिल्लाको मध्यपुर थिमी नपा ९ बोडेस्थित कृषि तालिम केन्द्र नजिकै आफन्तको जस्ताको टहरोमा बस्दै आएका थिए । साथै दाजुबहिनी एउटै कोठामा सुत्दै आएको प्रहरीले बताएको छ ।
सिन्धुपाल्चोक घर भएका २३ वर्षीय दाजुले वैशाख १३ गते बिहानै आफ्नै सहोदर १४ वर्षीया बहिनीलाई जबरजस्ती करणी गरेको किटानी जोहरी परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
उनका अनुसार दाजुले जबरजस्ती गर्न खोजेपछि बहिनीले प्रतिवाद गरेपछि टहरामा रहेका आफन्त ब्युँझिएका थिए । तत्काल आफन्त जाँदा दाजुले बहिनीलाई जबरजस्ती करणी गरेको अवस्था भेटाएर प्रहरीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
दाजुलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको उनी बताउँछन् । उनलाई जिल्ला अदालतमा पेस गरी अनुसन्धानको लागि सात दिनको म्याद थप गरिएको प्रहरीले बताएको छ । पीडित बहिनीको मेडिकल जाँचपछि आफन्तलाई बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
दाजुमाथि जबरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापनको लागि सरकारले लकडाउन घोषणा गरेको करिब एक महिनापछि जिल्लामा यो नै पहिलो आपराधिक घटना घटेको हो ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!