Connect with us

SOCIAL

वेवारिसे अवस्थामा महिलाको झुण्डिएर मृत्यु

Published

on

रुखमा झुण्डिएको अवस्थामा फेला परेकी महिला । तस्बिर : भक्तपुर प्रहरी

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ५ तेलकोटस्थित जंगलमा कटुसको रुखमा शुक्रबार एक महिला झुण्डिएर मृत अवस्थामा फेला परेकी छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार पहिचान नखुलेकी महिला तेलकोटस्थित जंगलमा कटुसको रुखमा डोरीको पासो लगाई झुण्डिएर मृत अवस्थामा फेला परेकी हुन् ।
स्थानीयले रुखमा झुण्डिएको अवस्थामा महिला देखेपछि प्रहरीलाई खबर गरेको थिए । स्थानीयको खबरलगत्तै परिसर भक्तपुरबाट प्रहरी नायब उपरीक्षक दीपक गिरीको टोलीले ती महिलाको उद्दार गरेको थियो ।
अन्दाजी ३० वर्षको देखिने गहुँगोरी, उचाइ ५ फिट, मझौला शरीर, बाहुन– क्षेत्री जस्तो देखिने ती महिलाको पहिचान नखुलेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
उनका अनुसार महिलाले छातीमा हरियो बुट्टा भएको रातो रङको कुर्था, हरियो सुरुवाल, रातो मखमलको जुत्ता, हरियो सल लगाएकी थिइन् । त्यस्तै उनले रातो ब्याग बोकेकी थिइन् । घाँटीमा पोते लगाएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
उनले उक्त हुलिया भएकी महिलाबारे जानकारी हुनेले प्रहरीलाई खबर गर्न आग्रह गरे ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!