Connect with us

SOCIAL

इँटाभट्टाको पोखरीमा डुबेर मजदुरको मृत्यु

Published

on

Web Picture

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालस्थित बीएम इँटाभट्टाको पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
इँटाभट्टामा इँट बनाउन चाहिने पानी जम्मा गर्न बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा उदयपुरको गाइँघाट नपा ४ आमटार घर भई हाल सोही इँटाभट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार शनिबार दिउँसो पौडी खेल्न गएका राई पोखरीभित्रै वेपत्ता भएका थिए । प्रहरीले पौडी खेल्न हाम फालेका राईको लास पोखरीको हिलोमा डबिएको अवस्थामा फेला परेको परिसरले जनाएको छ ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले पौडी खेल्न गएका राई अचानक डुबी बेपत्ता भएको भन्दै प्रहरीलाई खबर गरिएको बताए । सोही जानकारीको आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी निरीक्षक राजकुमार थापाको कमाण्डमा अनुसन्धान अधिकृतको टोली घटनास्थल खटिएको उनले बताए ।
‘प्रहरी टोलीले स्काभेटरमार्फत पोखरीको पानी निकास गरेर पठाएपछि राई हिलोमा गडिएको अवस्थामा फेलापरेका थिए’, उनले भने ।
प्रहरी नायब उपरीक्षक गिरीका अनुसार राईको मृत शरीर फेला परेपछि कानुनबमोजिमको घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्कालगायत कार्य सकेर लासलाई पोस्टएमार्टमको लागि भक्तपुर अस्पताल पठाइएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले बताएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!