Connect with us

SOCIAL

ई–लर्निङ कक्षाकोठा तयारी गर्न माग

Published

on

Web Picture

भक्तपुर । कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (सिफ्यान) ले ई–लर्निङ कक्षाकोठाको तयारी थाल्न सरकारको ध्यानाकर्षण गरेको छ ।
कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चाल्दै आएको लकडाउन लम्बिए विद्यार्थीहरुको पढाइ रोकिनेतर्फ सचेत गर्दै सिफ्यानले अनलाइनमार्फत शिक्षा प्रदान गरिने ई–लर्निङ कक्षाकोठाको तयारी थाल्न ध्यानाकर्षण गरेको हो ।
कोरोना भाइरसको महामारीको कारण विश्वविद्यालय तहको पढाइ तथा परीक्षा बन्द भइसकेको छ । विद्यालय तहको नयाँ सत्र यहीं बैशाखदेखि सुरु हुँदैछ । कोरोना भाइरसको संक्रमण हुने आशंकाले स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) कहिले हुने निश्चित छैन । चैतमा सम्पन्न गरिएका अन्य कक्षाको परीक्षाफल सार्वजनिक गरिएको छैन ।
‘यस्तो विषम परिस्थितिमा हामीले विश्वविद्यालय तथा विद्यालय तहमा हाल प्रयोग गर्दै आइरहेको सी–लर्निङ (कक्षाकोठामा आधारित अध्यापन) को सट्टा पूर्ण रुपमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी सञ्चालन गरिने ई–लर्निङ (इलेक्ट्रोनिक्स अध्यापन÷अनलाइन कक्षाकोठा) प्रयोग गरी कक्षाहरु सञ्चालन गर्न सकिनेतर्फ नेपाल सरकार, सम्पूर्ण विश्वविद्यालय एवं विद्यालयहरुको ध्यानाकर्षण गर्न चाहन्छौं, सिफ्यानका अध्यक्ष प्रचन्द्रराम श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
उनले ई–लर्निङको लागि आवश्यक प्राविधिक विज्ञ र विज्ञता उपलब्ध गराई सहयोग गर्न सिफ्यान तयार गरेको उल्लेख गरेका छन् ।
सिफ्यानले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न घोषित लकडाउनलाई अझ कडाइका साथ पालना गर्न सरकारसँग माग गरेको छ ।
महासंकटको यस घडीमा पनि भ्रष्टाचार तथा गैरव्यवसायिक क्रियाकलापमा चुर्लुम्म डुबेकाहरुलाई यथाशीघ्र कडाभन्दा कडा कारबाही गर्नसमेत उसले माग गरेको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!