Connect with us

SOCIAL

गरिब मजदुर परिवारलाई खाद्यान्न सहयोग

Published

on

सूर्यविनायक नपा ८ सिपाडोलका गरिब मजदुर परिवारलाई खाद्यान्न सहयोग वितरण गर्दै वडा अध्यक्ष किरण थापा । तस्बिर : इन डेप्थ

भक्तपुर । लकडाउनको कारण दैनिक समस्यामा परेका भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलका चारसय ५० मजदुर घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
दैनिक ज्याला मजदुरी गरेर खानुपर्ने ती घरपरिवारलाई मंगलबार पाँच केजी चामलसँगै आवश्यक दाल र मस्यौरा सहयोग गरिएको हो ।
निक भुजिकिक हाउजिङ प्रालिका सञ्चालकद्वय प्रवीण कुस्मा र पूर्ण लिम्बू तथा अर्का दाता लक्ष्मण अवालले उपलब्ध गराएको उक्त खाद्यान्न वडा अध्यक्ष किरण थापालगायतले मजदुर परिवारलाई वितरण गरेका छन् ।
वडा अध्यक्ष थापाले आफ्नो वडाभित्रका अरु मजदुर परिवारहरुको समेत खोजी भइरहेको जानकारी दिए ।
दैनिक ज्याला मजदुरी गरेर खानुपर्ने विपन्न परिवारलाई नगरपालिकाको तर्फबाट पनि सहयोग गरिने उनले बताए ।
‘वडाका दैनिक ज्याला मजदुरी गरेर खानुपर्ने अन्य गरिब तथा विपन्न परिवारको पनि लगत संकलन गरिरहेका छौं’, वडा अध्यक्ष थापाले भने, ‘वडाको सम्पर्कमा आएका सबैलाई आवश्यक खाद्यान्न तथा अन्य सहयोग वितरण गरिन्छ ।’
सूर्यविनायक नपाले नगर क्षेत्रका गरिब तथा विपन्न र मजदुर परिवारको लगत संकलन गर्न सबै वडामा वडा अध्यक्षको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त समितिले विपन्न परिवारको लगत संकलन गरी उनीहरुलाई आवश्यक सहयोगको व्यवस्थापन तथा वितरण गर्नेसम्मको जिम्मेवारी उक्त समितिलाई दिइएको छ । सोही जिम्मेवारीअनुसार सूर्यविनायक नपामा पहिलोपटक वडा नं ८ सिपाडोलमा मंगलबार उक्त खाद्यान्न सहयोग वितरण गरिएको वडा अध्यक्ष थापाले बताए ।
उनका अनुसार यसअघि निक भुजिकिक हाउजिङले नै नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखालाई एकथान एम्बुलेन्स सहयोग गरेको थियो ।
कोरोना भाइरस संक्रमणको सम्भावना अवधिभर उक्त एम्बुलेन्स चालक र चालकको लागि आवश्यक पीपीईको खर्च उक्त हाउजिङले व्यहोर्ने रेडक्रस सिपाडोल उपशाखाका सभापति राकेश थापाले जानकारी दिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!