Connect with us

SOCIAL

लागूऔषध नाइट्राभेटसहित कुशवाहा पक्राउ

Published

on

लागूऔषध नाइट्राभेटसहित पक्राउ परेका धर्मेन्द्रकुमार कुशवाहा । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुर प्रहरीले लागूऔषध नाइट्राभेट दुई हजार २५ वटा ट्याब्लेटसहित एक युवकलाई भक्तपुरको मध्यपुर थिमि नगरपालिका १ लोकन्थलीबाट सोमबार नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार विशेष सूचनाको आधारमा लोकन्थलीमा डेरा गरी बस्ने सर्लाहीको लालबन्दी नपा १ घर भएका २६ वर्षीय धर्मेन्द्रकुमार कुशवाहालाई लुकाईछिपाई राखेको लागूऔषध नाइट्राभेट दुई हजार २५ वटा ट्याब्लेटसहित नियन्त्रणमा लिएको हो ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले कुशवाहालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
‘उनको कोठामा गई कानुनबमोजिम रितपूर्वक खानतलासी गर्दा खरानी रंगको झोलामा लुकाईछिपाई राखेको अवस्थामा लागूऔषध नाइट्राभेट १० लेखिएको एक पत्तामा १५ वटा ट्याब्लेट रहेको एकसय ३५ थान फेला पारिएको थियो’, उनले भने, ‘लागूऔषध बरामद भएपछि तत्कालै कुशवाहालाई पक्राउ गरिएको थियो ।’
उनले पक्राउ परेका कुशवाहालाई मंगलबार जिल्ला अदालत भक्तपुरमा पेस गरिएको थियो । जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान कार्य अघि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!