Connect with us

SOCIAL

तीन लाख नगदसहित १४ जुवाडे पक्राउ

Published

on

Web Picture

भक्तपुर । भक्तपुर प्रहरीको तिहारको मौका पारी जुवातास खेलिरहेका १४ जनालाई सोमबार बिहानै दुई ठाउँबाट नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट प्रहरीले तीन लाख आठ सय ४२ रुपैयाँ बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार विशेष सूचनाको आधारमा प्रहरी अधिकृतसहितको टोलीले सूर्यविनायक नगरपालिका ७ गुण्डुस्थित ४५ वर्षीय रामचन्द्र खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा घर धनीसहित आठ जनालाई नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा दिएका मानिसहरुसँग खानतलासी गर्दा जुवातास खालबाटै दुई लाख ३७ हजार पाँच सय रुपैयाँ र एक बुक तास बरामद गरिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
त्यस्तै चाँगुनारायण नगरपालिका ९ ताथलीस्थित ३८ वर्षीय तीर्थराम माकजुको घरमा तास खेलिरहेको अवस्थामा घरधनीसहित ६ जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।
उनका अनुसार उनीहरुको साथबाट ६३ हजार तीन सय ४२ रुपैयाँ र ३ बुक तास समेत बरामद गरिएको थियो ।
दुवै स्थानबाट नियन्त्रणमा लिएका तास खेल्ने खेलाउने १४ जना मानिसहरु, तास खालबाट बरामद भएको नगद तीन लाख आठ सय ४२ रुपैयाँ र ४ बुक ताससहित थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त जगातीमा राखिएको भक्तपुर प्रहरीले जनाएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!