Connect with us

HEALTH

भक्तपुरमा रोकिएन डेंगु संक्रमण

Avatar

Published

on

Web Picture

भक्तपुर । भक्तपुरमा लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने संख्या एकसय ४६ जना पुगेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा डेंगु संक्रमण पुष्टि हुनेको संख्या एकसय ४६ जनाको रिपोर्टिङ भएको हो ।
भक्तपुरमा डेंगु संक्रमण नियन्त्रण बाहिर रहेको कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए ।
देशकै बढी जनघनत्व रहेको भक्तपुरमा डेंगु संक्रमणको उच्च जोखिममा रहेको उनी बताउँछन् ।
यस वर्ष भक्तपुरमा गएको भाद्र ८ गते पहिलो डेंगु संक्रमितको पहिचान भएको थियो ।
कार्यालयका अनुसार डेंगु आशंकामा अस्पताल तथा स्वास्थ्य संस्था पुग्नेहरुको संख्या घट्न सकेको छैन । अहिलेसम्म डेंगु संक्रमितमध्ये सबैभन्दा बढी भक्तपुर नगर क्षेत्रका रहेका छन् ।
बस्तीबीच पानीको स्रोत खुला भएको ठाउँमा यो लामखुट्टे बढी पाइन्छ । त्यसैले भक्तपुरमा डेंगु नियन्त्रण गर्न डेंगु संक्रमण फैलाउने लामखुट्टेको ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्नुपर्ने प्रमुख मिजारले स्पष्ट पारे ।
‘डेंगु नियन्त्रण बाहिर रहेकाले त्यसलाई नियन्त्रण गर्न डेंगु संक्रमण गर्ने लामखुट्टेको खोज र नष्ट गर अभियान सञ्चालन चलाउनुपर्छ’, उनले भने, ‘यसले डेंगु नियन्त्रणमा सघाउ पुग्छ ।’
उनले डेंगु सार्ने लामखुट्टे मानव वस्तीमै बस्ने भएकाले यसबाट बच्न सबै सचेत हुन आह्वान गरे ।
उनले डेंगु प्राणघातक रोग नभएकाले यसबाट नआत्तिन भक्तपुरवासीलाई आग्रह गरेका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!