Connect with us

SOCIAL

खट भाँचिएर खस्दा एकको मृत्यु, अर्को घाइते

Avatar

Published

on

Web Picture

भक्तपुर । घरमा प्लास्टर गर्न बाँधिएको खट भाँचिएर खस्दा शुक्रबार भक्तपुरमा एक जना मजदुरको ज्यान गएको छ । अर्को एक मजदुर भने घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नगरपालिका ७ वाचुटोलस्थित गणेश सुवालको चार तले पक्की घरको तेस्रो तलामा प्लास्टर गर्ने क्रममा बाँसको खट भाँचिएर उक्त घटना भएको हो ।
बाँसको खट भाँचिएर भूईमा लड्न पुगेका भारत घर भई हाल काभ्रेको बनेपा बस्ने ५० वर्षीय राजु अन्सारीको उपचारको क्रममा मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
त्यस्तै भारत घर भई बनेपामै बस्ने १८ वर्षीय सहजात अन्सारी घाइते भएका छन् । उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।
उनका अनुसार घटनालगत्तै घाइते दुवैलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो । भक्तपुर अस्पतालमा उपचारकै क्रममा अन्सारीको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।
भक्तपुर प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!