Connect with us

SOCIAL

भक्तपुर रेडक्रससँग १४ हजारभन्दा बढी दक्ष स्वयम्सेवक

Published

on

भक्तपुर रेडक्रसका गतिविधिबारे जानकारी दिँदै शाखा सभापति मनोजकुमार थापा । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखासँग प्राथमिक उपचार, खोज तथा उद्धार, आवास, खानेपानी तथा सरसफाइ, शव व्यवस्थापन गर्ने १४ हजारभन्दा बढी दक्ष स्वयम्सेवक रहेका छन् ।
भक्तपुर रेडक्रसका सभापति मनोजकुमार थापाले जिल्लामा विपद्को क्रममा आवश्यक पर्ने १४ हजारभन्दा बढी दक्ष स्वयम्सेवक तयार गरिसकेको जानकारी दिएका हुन् ।
नेपाल रेडक्रस सोसाइटीको बिहीबार परेको ५७ औं स्थापना दिवसको अवसरमा भक्तपुरमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा भक्तपुर जिल्ला शाखाले विपद्का बेला तत्काल गर्नुपर्ने सम्पूर्ण कामको लागि भक्तपुर रेडक्रसले १४ हजारभन्दा बढीलाई तालिम दिएको हो ।
‘एक व्यक्ति एक तालिमको अवधारणाअनुसार भक्तपुर रेडक्रसले स्वयम्सेवकहरुलाई तालिम दिएको छ’, जिल्ला सभापति थापाले भने, ‘तैपनि केहीलाई आवश्यकताको आधारमा एकभन्दा बढी तालिम पनि दिएका छौं ।’
उनका अनुसार भक्तपुरका जिल्लास्तरका मात्रै होइन रेडक्रसका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका स्वयम्सेवकसमेत रहेका छन् ।
रेडक्रसले विपद्को क्षेत्रसँगै भक्तपुरमा पाँच वटा एम्बुलेन्स र एउटा शव बाहन सञ्चालन गर्दै आएको छ । त्यस्तै भक्तपुर रेडक्रससँग दुई हजार पाँच सय घरपरिवारलाई पुग्ने राहत सामग्री भण्डारण रहेको छ ।
भक्तपुर शाखाले रक्तसञ्चार सेवासमेत सञ्चालन गर्दै आएको छ । रगतको लागि भक्तपुर पुग्ने सतप्रतिशतलाई रगत दिन नसकिए पनि खालि हात फर्कन नदिन शाखाले यसैवर्षदेखि भक्तपुर, काठमाडौंसँगै काभ्रे, सिन्धुपाल्चोक र दोलखामा समेत गएर रगत संकलन कार्य अघि बढाएको सभापति थापाले बताए ।
कार्यक्रममा भक्तपुर जिल्ला शाखाका मन्त्री परशुराम पाण्डेले जिल्ला शाखाले गएको वर्ष गरेको र हाल चालू परियोजनाबारे प्रस्तुतीकरण गरेका थिए । उनका अनुसार भक्तपुर रेडक्रसले विपद्सँगै विद्यालयमा आधारित सरसफाइ तथा भूकम्प प्रतिकार्य कार्यक्रम, डकर्मी तथा सिकर्मी तालिम, भूकम्प पीडितहरुको लागि जिविकोपार्जनअन्तर्गत कृषि, पशुपालन तथा सानो व्यवसाय सञ्चालन गर्न अनुदान दिँदै आएको छ ।
त्यस्तै खानेपानी तथा सरसफाइ, साना सिंचाइ, आकाशे पानी संकलन, स्वास्थ्य केन्द्र निर्माणको कार्यसमेत गर्दै आएको मन्त्री पाण्डेले जानकारी दिए ।
कार्यक्रममा भक्तपुर र मध्यपुर थिमि नगरपालिकामा सञ्चालित स्योर परियोजनाबारे कार्यक्रम अधिकृत निलम ढुंगानाले प्रस्तुतीकरण गरेकी थिइन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!