Connect with us

SOCIAL

तीजको अवसरमा भक्तपुरका चार महिलालाई सम्मान

Avatar

Published

on

कस्तुरी फेसियल एन्ड सैलुनद्वारा सम्मानितहरु । तस्बिरहरु : इन डेप्थ

भक्तपुर । भक्तपुर नगरपालिका १ दूधपाटीस्थित कस्तुरी फेसियल एन्ड सैलुनले भक्तपुरका चार महिलालाई सम्मान गरेको छ ।
महिलाको प्रसिद्ध पर्व हरितालिका तीजको अवसरमा कस्तुरीले ओलम्पिक खेलाडी धाविका कान्छीमाया कोजू, मौलिक वाद्यवादिका इन्दिरा लाछिमस्यु, आत्मरक्षाकी प्रशिक्षिका पद्मा खयरगोली र मिस भक्तपुर २०१८ रोशिका देउजालाई सम्मान गरेको हो ।
त्यस्तै बाल गायक आयुष केसीलाई पनि उसले सम्मान गरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भक्तपुरको गौरव उँचो गर्न गरेको योगदानको कदरस्वरुप उक्त सम्मान गरिएको कस्तुरीकी सञ्चालिका अनु गिरीले जानकारी दिइन् ।
कार्यक्रममा चर्चित हास्य अभिनेत्री बसुन्धरा भुसालले चार उत्कृष्ट महिलासहित आयुष केसीलाई दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरेकी हुन् ।
उक्त अवसरमा वरिष्ठ कलाकार भुसालले भक्तपुरसँग आफ्नो विशेष पारिवारिक सम्बन्ध रहेको बताउँदै महिला परम्परागत सोचबाट माथि उठ्नुपर्ने स्पष्ट पारिन् ।
उनले तीजलाई मनोरञ्जनको दृष्टिले मात्रै नभई यसलाई महिला सशक्तीकरण अभियानको रुपमा मनाउन आह्वान गरिन् ।


कार्यक्रममा बाल गायक आयुष केसी, गायिकाहरु वर्षा सिलवाल, मीरा गोर्खाली, बुनु श्रेष्ठ र गायक अनिल नवाङ तथा युवा -यापर प्रवीण तामाङ वाइबा र रोजन बराइलीले सांगीतिक प्रस्तुति दिएका थिए ।
कस्तुरीका सञ्चालक रविन अवालले महिला सशक्तीकरण हुने यस्ता कार्यक्रमलाई निरन्तरता प्रयास गरिने बताए । उनका अनुसार कार्यक्रमको संयोजन कपिल कसपालले गरेका थिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!