Connect with us

SOCIAL

किपाःग्राफी भक्तपुरको अध्यक्षमा प्रजापति

Published

on

नवनिर्वाचित किपाःग्राफी भक्तपुरको कार्यसमिति पदाधिकारीहरु । तस्बिर : इन डेप्थ

भक्तपुर । किपाःग्राफी भक्तपुरको अध्यक्षमा पुनः अच्युत प्रजापति चुनिएका छन् । किपाःग्राफी भक्तपुरको दोस्रो अधिवेशनले प्रजापतिको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चुनेको हो ।
निर्वाचित कार्य समितिको उपाध्यक्षमा पदमसुन्दर शाक्य, सचिवमा सुदीप सुवाल, कोषाध्यक्षमा सुनिल लागे र सहसचिवमा बालकृष्ण प्रजापति रहेका छन् ।
त्यस्तै सदस्यहरूमा उज्ज्वल बुद्धाचार्य, अमित बनमाला, सुरेन्द्र प्रजापति र किरण ढुकुछु निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले पूर्वअध्यक्ष सुरेशराज शाक्य, सम्ब्रदा बज्राचार्य, बलराम प्रजापति र फोटोग्राफीविज्ञ शरद राईलाई सल्लाहकार नियुक्त गरेको छ ।
किपाःग्राफी भक्तपुरले विभिन्न विषयमा फोटो प्रदर्शनी, फोटोग्राफी तालिम र विविध कार्यक्रममार्फत भक्तपुरको सम्पदा र संस्कृतिको प्रचारप्रसार तथा सम्बद्र्धन गर्दै आएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!