Connect with us

SOCIAL

९९ रोपनीमा झलक खत्री मृत फेला

Published

on

Web Picture

भक्तपुर । भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित ९९ रोपनी खुला चौरमा आइतबार बिहान एक पुरुष मृत फेला परेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमाद घर भएका ४० वर्षीय झलक खत्री मृत अवस्थामा फेला परेका हुन् ।
परिसरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले घटनास्थलमा पुरुषको लाससँगै विषादीको खाली दुई बोतलसमेत फेला परेको जानकारी दिए ।
‘घटनाको प्रकृति हेर्दा कर्तव्य ज्यान जाने गरी कसैले मारेको देखिँदैन’, उनले भने, ‘लाससँगै विषादीका खाली दुई बोतल फेला परेका छन् ।’
प्रारम्भिक अनुसन्धानमा घटनाबारे अरु कसैलाई शंका गर्नुपर्ने अवस्था नदेखिएको उनको भनाइ थियो ।
तैपनि विस्तृत अनुसन्धानपछि पूर्ण जानकारी आउने उनले बताए ।
उनका अनुसार भक्तपुरमा रहेका दिदीले सञ्चालन गर्दै आएको मासु पसलमा केही समय काम गरेका अहिले पनि कतै काम गर्ने गरेको थाहा पाउन सकिएको छैन ।
दिदी आएरै उनको सनाखत गरेको भक्तपुर प्रहरीले जनाएको छ । प्रहरीले शवको सल्य परीक्षणको लागि भक्तपुर अस्पताल पठाएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!