Connect with us

SOCIAL

बालिका झुण्डी मृत अवस्थामा फेला

Published

on

Web Picture

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका ७ धुन्चेपाखामा सोमबार एक बालिका झुण्डिएर मृत अवस्थामा फेला परेकी छिन् ।
भक्तपुर प्रहरीका अनुसार स्थानीय तिलक थापामगरको साढे दुई तल्ले घरको भुई तल्लामा डेरा गरी बस्ने धनकुटा पाख्रिबास नपा ७ घर भएका जीतबहादुर तामाङको १४ वर्षीया छोरी मनिका तामाङ झुण्डिएर मृत अवस्थामा फेला परेकी हुन् ।
भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार तामाङ कोठाको झ्यालको ग्रिलमा सलको पासो लगाई झुण्डिएको अवस्था फेला परेकी छन् ।
जानकारी प्राप्त हुनासाथ घटनास्थलमा पुगेको महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरी अधिकृतसहितको टोलीले प्रारम्भिक अनुसन्धान गरी लास पोस्टमार्टमको लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।
उनका अनुसार घटनाबारे थप अनुसन्धान कार्य भइरहेको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!