Connect with us

SOCIAL

चट्याङ परी भक्तपुरमा आठजना घाइते

Published

on

Web Picture

भक्तपुर । भक्तपुरमा चट्याङ लागेर शनिबार आठजना घाइते भएका छन् । भक्तपुरको सूर्यविनायक नपा ७ गुण्डुस्थित घ्याम्पे डाँडामा शनिबार दिउँसो परेको चट्याङ लागेर आठजना घाइते भएका हुन् ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्र विभागबाट घ्याम्पे डाँडामा पिकनिक मनाउन आएकाहरुमाथि चट्याङ परेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चट्याङ लागेर मोरङको कोसी दरैचा नपा ४ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने २५ वर्षीय रवि पाण्डे, कैलालीको गौरी नपा १ घर भई हाल कीर्तिपुर बस्ने २५ वर्षीय जीवन भण्डारी, स्याङजाको कालीगण्डकी गाउँपालिका ४ घर भई हाल कीर्तिपुर बस्ने २४ वर्षीय कमल पाण्डे र नवलपरासीको सुस्ता गाउँपालिका ५ घर भई हाल कीर्तिपुर बस्ने २५ वर्षीय सत्यनन्द गुप्ता घाइते भएका छन् ।
त्यस्तै जाजरकोटको नालगाठ नपा ७ घर भई हाल कीर्तिपुर बस्ने २३ वर्षीय महेश गिरी, लमजुङको बेसीसहर नपा ७ घर हाल काठमाडौंको सामाखुसी बस्ने २३ वर्षीय नारायण बस्नेत, ओखलढुङ्गाको रुम्जाटार घर ५७ वर्षीय ललित गुरुङ र सर्लाही घर भएकी २९ वर्षीया सीता खड्का पनि चट्याङ लागेर घाइते भएका छन् ।
भक्तपुर प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार घाइते गुरुङ त्रिभुवन विश्वविद्यालयका सुरक्षा गार्ड हुन् । खड्का भने विश्वविद्यालयको क्यान्टिनमा काम गर्ने महिला हुन् । घाइते सबैको भक्तपुर नपा १ सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले बताए ।
उनका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ ।
शनिबार दिउँसो मुसलधारे पानीको बीचमा परेको चट्याङले उनीहरुलाई भेटेको प्रहरीले जनाएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!