Connect with us

SOCIAL

चमेना गृहमै बेश्यावृत्ति सञ्चालन

Avatar

Published

on

Web Picture (प्रतीकात्मक तस्बिर)

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलको आदर्शस्थित एक चमेना गृहमै बेश्यावृत्ति हुने गरेको पाइएको छ ।
भक्तपुर प्रहरीले उक्त चमेना गृहबाट अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा चार महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको उक्त तथ्य बाहिर आएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार गएको माघ १९ गते आदर्शस्थित कस्तुरी चमेनाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले चमेना गृह सञ्चालिका नुवाकोटको तादी गाउँपालिका २ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ४५ वर्षीया पार्वती भन्ने गोमा गोतामेलाई समेत नियन्त्रणमा लिएको छ ।
प्रहरीले गोप्य सूचनाको आधारमा उक्त चमेना गृहमा छापा मारेको थियो ।
‘कस्तुरी चमेना गृहमा बेश्यावृत्ति हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा चार महिला र एक पुरूष अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा फेला परेका थिए’, प्रहरी नायब उपरीक्षक पोखरेलले भने, ‘चमेना गृहको कोठामा वेश्यावृत्तिसम्बन्धी अन्य प्रमाणहरुसमेत बरामद भएका छन् ।’
उनले पक्राउ परेका ६ नै जनालाई जिल्ला अदालत भक्तपुरमा पेस गरी म्याद थप गरिएको जानकारी दिए । उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!