Connect with us

SOCIAL

डोलेश्वर मन्दिरको अध्यक्षमा बालहरि चालिसे

Avatar

Published

on

गुरुयोजनाअनुसार निर्माणाधीन भक्तपुरको सूर्यविनायक नपा ८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर परिसर । इन डेप्थ फाइल तस्बिर

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको अध्यक्षमा बालहरि चालिसे चुनिएका छन् ।
समितिको शनिबार राती सकिएके दशौं वार्षिक साधारणसभाले चालिसेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चुनेको हो ।
जसअनुसार समितिको वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर खाइतू, उपाध्यक्षमा मोहन गिरी, महिला उपाध्यक्षमा निर्मला सञ्जेल, महासचिवमा धर्मराज बस्नेत, सचिवद्वयमा विश्वराम थापा र हरिशरण बस्नेत, कोषाध्यक्षमा मोहन बल्ल तथा सह–कोषाध्यक्षमा दिलीप केसी निर्विरोध निर्वाचित भए ।
आठ सदस्यहरु भने निर्वाचनमार्फत चुनिएका छन् । विधानअनुसार आठ सदस्य निर्वाचित हुनुपर्नेमा २० जनाले उम्मेदवारी दिए । सदस्यहरुको
निर्वाचन भएकाले परिणाम शनिबार अबेरमात्रै घोषणा गरिएको थियो ।
निर्वाचन परिणामअनुसार कविराम थापा, राजनकाजी त्वाती, गीता थापा, विनोद भट्टराई, सुनिता थापा, मुकुन्द शर्मा, केदारप्रसाद उपाध्याय र दीपक बस्नेत बढी मत ल्याएर निर्वाचित हुन सफल भए ।
समितिका नवनिर्वाचित सचिव विश्वराम थापाका अनुसार समितिका दुई हजार नौसय ८१ आजीवन सदस्य छन् । जुन मतदान गर्न योग्य छन् तर शनिबार भएको निर्वाचनमा एकहजार एकसय २१ जानले मात्रै मतदान गरे । जसमा ३४ म तबदर भएको सचिव थापाले जानकारी दिए ।
भारतको उत्तराखण्डस्थित केदारनाथको शीर घोषणा गरिएको डोलेश्वर महादेव मन्दिरमा समितिको नेतृत्वमा करिब ५७ करोड रुपैयाँको गुरुयोजना तयार गरी विभिन्न भौतिक संरचना निर्माण अघि बढिरहेको छ ।
हाल करिब पाँच करोड लागतमा डोलेश्वर महादेवको मूल मन्दिर निर्माण भइरहेको छ । त्यसको लागि संखुवासभाको चैनपुर निवासी कृष्णगोपाल श्रेष्ठको परिवारले पाँच करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेको थियो । जसअनुसार दुई करोड रुपैयाँको काम भइसकेको सचिव थापाले बताए ।
मन्दिरको चौघेरा सत्तलको ढलान भइसकेको छ । त्यस्तै धर्मशाला एवं समितिका सचिवालय भवन पनि निर्माण भइरहेको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!