Connect with us

SOCIAL

एएचएफको प्रतिनिधिमण्डल सुरुवातमा

Published

on

सुरुवातले भक्तपुरको झौखेलमा गरेको आधुनिक गोलभेंडा खेतीको अवलोकन भ्रमण गर्दै एएचएफको प्रतिनिधिमण्डल । तस्बिर : इन डेप्थ

भक्तपुर । एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) का मानव संसाधन निर्देशक लिलियाना जोल्डीको नेतृत्वको प्रतिनिधिमण्डल भक्तपुरस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्र पुगेको छ ।
एएचएफको सहयोगमा सञ्चालित व्यवसायिक गोलभेंडा खेतीलगायतको अवलोकन भ्रमणार्थ प्रतिनिधिमण्डल सुरुवात पुगेको हो । प्रतिनिधिमण्डलमा एएचएफका सोकुन्थिया निक र अनिता क्याभल्टे तथा एएचएफ नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दीपक ढुंगेलको सहभागिता थियो ।
उक्त अवसरमा मानव संसाधन निर्देशक जोल्डीले सुरुवातले एएचएफले गरेको सहयोगको सही सदुपयोग गरेकोमा खुसी व्यक्त गरिन् ।
उनले एएचएफको सहयोगबाट आधुनिक गोलभेंडा खेती गरी नेपालका अन्य एचआईभी संक्रमितलाई तालिम तथा सहयोग जुटाउनु उपलब्धिमूलक भएको बताइन् ।
प्रतिनिधिमण्डललाई सुरुवातले सञ्चालन गरेको आधुनिक गोलभेंडा खेतीबारे संस्थाका अध्यक्ष राजेश दिदियाले बिफ्रिङ गरेका थिए ।
सुरुवातले आफ्नो गोलभेंडा फार्मलाई देशभरका एचआईभी÷एड्स संक्रमित तथा तिनका परिवारहरुको लागि तालिम केन्द्रको रुपमा विकास गर्दै आएको उनले जानकारी दिए ।


सुरुवातले सन् २०१६ देखि एएचएफको सहयोगमा आधुनिक गोलभेंडा खेती सुरु गरेको थियो ।
त्यस्तै सुरुवातले एएचएफ नेपालको एआरटी सेन्टरमा नियमित उपचार र स्वास्थ्य जाँच गरिरहेका देशभरका २४ जना एचआईभी संक्रमित, प्रभावित तथा तिनका परिवारका सदस्यलाई आधुनिक गोलभेंडा खेतीसम्बन्धी तालिम दिइसकेको अध्यक्ष दिदियाले बताए ।
उक्त तालिम लिएकाहरुलाई सुरुवातले आधुनिक गोलभेंडा खेती गर्न बीउ पुँजीको रुपमा केही रकम सहयोगसमेत गर्दै आएको छ ।
सुरुवातले एचआईभी संक्रमित, तिनका परिवार र प्रभावितहरुलाई सम्बन्धित ठाउँमै गएर तालिम दिने सोच बनाएको उनले जानकारी दिए ।
उक्त अवसरमा एएचएफ नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दीपक ढुंगेलले समेत सहजीकरण गरेका थिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!