Connect with us

SOCIAL

सानिमा बैंकको एटीएम मेसिन फोड्ने पक्राउ

Avatar

Published

on

Web Picture

भक्तपुर । भक्तपुर प्रहरीले जिल्लाको सूर्यविनायक नगरपालिका ७ स्थित सानिमा बैंकको एटीएम मेसिन फोरेर चोरी गर्न खोज्ने दुईजनालाई सोमबार नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काभ्रेको तेमाल गाउँपालिका २ सस्र्युखर्क घर भई हाल बनेपा बस्ने ३९ वर्षीय रमेश पाण्डे र भक्तपुरको सूर्यविनायक नपा ६ सूर्यविनायक बस्ने २६ वर्षीय को दिनेश सुकुभटुलाई नियन्त्रणमा लिइएको हो ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बैंकले दिएको उजुरीको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको बताए ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले सोमबार सूर्यविनायकबाट नियन्त्रणमा लिएको हो ।
उनीहरुले पुस १८ गते गते राती पौने नौ बजे सानिमा बैंकको एटीएम मेसिन फोडेर चोरी गर्ने प्रयास गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।
उनीहरुमाथि थप अनुसन्धान काय भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!