Connect with us

SOCIAL

प्रहरीको ज्यादती नरोकिए देशभरका पुनःस्थापना केन्द्र बन्द गर्ने चेतावनी

Published

on

रिकभरिङ नेपाल महासंघको आयोजनामा भएको लागूऔषध उपचार र पुनःस्थापना केन्द्रको अन्तरक्रिया कार्यक्रमका सहभागी । तस्बिर : इनडेप्थ

काठमाडौं । लागूपदार्थ दुव्र्यसनी तथा मादकपदार्थका अम्मलीहरुलाई सुधार्न सञ्चालित पुनःस्थापना केन्द्रका सञ्चालकहरुले देशभरका पुनःस्थापना केन्द्रहरु बन्द गर्ने चेतावनी दिएका छन् ।
पुनःस्थापना केन्द्रहरुको छाता संगठन रिकभरिङ नेपाल महासंघले प्रहरीले छापामार शैलीमा पुनःस्थापना केन्द्रमा छापा मार्न नरोके देशभरका पुनप्स्थापना केन्द्र बन्द गर्ने चेतावनी दिएको हो ।
राजधानीमा देशभर सञ्चालित पुनःस्थापना केन्द्रका प्रतिनिधिहरुको उपस्थितिमा गरिएको अन्तरक्रियामा महासंघका अध्यक्ष विष्णु शर्माले गृह मन्त्रालयको स्वीकृतिमा सञ्चालित पुनःस्थापना केन्द्रमा प्रहरीले आपराधिक क्षेत्रमा जसरी रातको समयमा छापामार शैलीमा छापा मार्नु आपत्तिजनक भएको बताए ।
सरकारले जारी गरेको पुनःस्थापना उपचार केन्द्र सञ्चालन निर्देशिकाको मापदण्डअनुसार सञ्चालित पुनःस्थापना केन्द्रमा निर्देशिकाबमोजिम नै अनुगमन र कारबाही गर्न सकिने उनको भनाइ थियो ।
‘पुनःस्थापना केन्द्रको अनुगमन र कारबाहीको लागि गृह मन्त्रालयमा मुख्य लागूऔषध नियन्त्रण अधिकारीको व्यवस्था गरिएको छ’, अध्यक्ष शर्माले भने, ‘त्यस्तै प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन समिति छन् । तर प्रहरीले यी सबै व्यवस्था र समितिलाई बेवास्ता गर्दै छापामार शैलीमा कारबाही अगाडि बढाउनु निन्दनीय छ ।’
प्रहरीले नियोजित रुपमा पुनःस्थापना केन्द्रहरु बन्द गर्ने उद्देश्यले उक्त कार्य गरेको पुनःस्थापना केन्द्र सञ्चालकहरुले निष्कर्ष निकालेका छन् । उनीहरुले प्रहरीको उक्त कार्य नरोकिए देशभरका पुनःस्थापना केन्द्र बन्द गर्ने र केन्द्रमा रहेका दुव्र्यसनी तथा अम्मलीहरुबाट निम्तिने परिणामको जिम्मेवारी पनि प्रहरीले नै लिनुपर्ने बताए ।
नेपाल क्षति न्यूनीकरण एलाइन्सका अध्यक्ष ऋषि ओझाले लागूऔषध दुव्र्यसनी र मादकपदार्थका अम्मलीहरुलाई प्रहरीले अपराधी जस्तो व्यवहार गर्नु खेदजनक भएको बताए ।
पुनःस्थापना केन्द्रले सरकारी मापदण्ड पूरा नगरी सरकारी संयन्त्रमार्फत नै प्रक्रिया पु¥याएर कारबाही गर्न सकिने उनको भनाइ थियो ।
मकवानपुर रिकभरिङ ग्रुपका सन्दीप शाक्यले समाजबाट अपहेलित र भेदभाव गर्दै आएका दुव्र्यसनी तथा अम्मलीहरुलाई पुनःस्थापना केन्द्रले उपचार गरेर पुनः समाजमै पुनःस्थापना गर्न सहयोग गर्दै आएको योगदानलाई प्रहरीको कार्यशैलीले अवमूल्यन भएको स्पष्ट पारे ।
उनले सरकार आफैले सञ्चालन गर्नुपर्ने पुनःस्थापना केन्द्र समुदायको पहलमा हुनुलाई सहयोग गर्नुपर्नेमा उल्टै प्रहरी आतंक मच्चाएर निरुत्साहित गरेकोमा आक्रोश पोखे ।
त्यस्तै काठमाडौंस्थित नवकिरण पुनःस्थापना केन्द्रका शैलेष थापाले प्रहरीको कार्यशैलीले आफूहरुले सामाजिक सेवा नभई प्रतिबन्धित डान्सबार सञ्चालन गरेको अनुभूति भएको सुनाए ।
‘हामीले पुनःस्थापना केन्द्र खोलेर के अपराध गरेका हौं ?’, उनको प्रश्न थियो ।
कार्यक्रममा गृहमन्त्रालयका प्रतिनिधिलाई निम्त्याइए पनि अनुपस्थित रहेको महासंघले जनाएको छ । कार्यक्रममा देशभरका ८० वटा पुनःस्थापना केन्द्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
पुनःस्थापना केन्द्रभित्र यातना दिइएको तथा दुव्यर्वहार गरेको उजुरी परेको भन्दै नेपाल प्रहरीले गएको पुस १२ गते महिला लागूऔषध प्रयोगकर्ताहरुको उपचार तथा पुनःस्थापना गर्न खोलिएको काठमाडौंको बुढानिलकण्ठस्थित कृपा महिला घर र पुस १४ गते नवकिरण पुनःस्थापना केन्द्रमा छापा मारेको थियो । प्रहरीले ती केन्द्रमा उपचाररत लागूऔषध प्रयोगकर्ता तथा अम्मलीहरुको उद्धार गर्दै केन्द्र सञ्चालकहरुलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीको कार्यशैलीले पुनःस्थापना केन्द्र सञ्चालकहरु आतंकित भएका छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!