Connect with us

SOCIAL

रुखमा झुण्डिएको अवस्थामा महिला मृत फेला

Published

on

प्रतीकात्मक तस्बिर

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित पौडिल छाप जंगलमा झुण्डिएको अवस्थामा एक महिला मृत फेला परेकी छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काभ्रेको पाँचखाल नपा ५ घर भई हाल सिपाडोलमा बस्दै आएकी ४२ वर्षीया लीलमाई सापकोटा नाइनलको डोरी घाँटीमा लगाई झुण्डिएको अवस्थामा मंगलबार साँझ फेला परेकी हुन् ।
परिसरका प्रवक्ता रेवतीरमण पोखरेलले स्थानीय वासिन्दाले सापकोटा पौडिलछाप जंगलको चिलाउनेको रुखमा नाइनलको डोरी घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा रहेको भन्ने सूचनाको आधार घटनास्थलमा प्रहरी पुगेको बताए ।
महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी टोली खटी गई लास जाँचसहितको घटनास्थल मुचुल्का गरेको उनले जानकारी दिए । उनका अनुसार लास पोस्टमार्टमको लागि भक्तपुर अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको परिसरले जनाएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!