Connect with us

SOCIAL

खोलाले बगाउँदै गरेको युवकको लास फेला

Published

on

वेभ तस्बिर

भक्तपुर । भक्तपुरस्थित हनुमन्ते खोलाले बगाउँदै ल्याएको एक युवकको लास सोमबार फेला परेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार हनुमन्ते खोलाले बगाई ल्याएको अवस्थामा काभ्रेपलाञ्चोकको बनेपा नपा १४ घर भई हाल भक्तपुर नपा १० स्थित भत्केको पाटीमा बस्दै आएका ४२ वर्षीय शंकर तामाङको लास फेला परेको हो ।
हनुमन्ते खोलाले बगाई ल्याएको तामाङको लास प्रहरीले मध्यपुर थिमी नपा ४ बाट निकालेको थियो । परिसरका अनुसार सुरुमा उक्त लासको पहिचान हुन सकेको थिएन ।
लास निकाली प्रारम्भिक अनुसन्धानको क्रममा तामाङ भएको पहिचान खुलेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
उनका अनुसार तामाङ हराइरहेको भन्ने हुलियासहितको निवेदन भक्तपुर परिसर भक्तपुरमा परेको थियो । सोही निवेदकलाई बोलाई लास सनाखत गरी पोस्टमार्टमको लागि भक्तपुर अस्पताल पठाइएको प्रनाउ पोखरेलले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!