Connect with us

POLITICS

सरकारले डा. केसीसँग वार्ता गर्ने

Published

on

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै जुम्लामा १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारले वार्ता टोली गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।
समितिमा गृह र स्वास्थ्य मन्त्रालयका एक/एकजना सहसचिव सदस्य रहेका छन् ।
टोलीले वार्ताको कार्यविधि र स्थान आफै तय गर्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
सरकारले डा. केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनविपरीत चिकित्सा शिक्षा विधेयक संसदमा पेस गरेपछि डा. केसी अनसनमा उत्रिएका हुन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!