Connect with us

POLITICS

मध्यपुर थिमिले आफै कोरोना खोप व्यवस्थापन गर्ने

Published

on

मध्यपुर थिमि नपाको कार्यपालिका बैठकका सहभागी ।

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आफ्ना नगरवासीको लागि कोभिड १९ विरुद्धको खोप व्यवस्थापन गर्न सरकारसँग अनुदान माग गरेको छ ।
नपाको कार्यपालिका बैठकले नगरवासीलाई निःशुल्क कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन गर्न सरकारसँग अनुदान माग गर्ने निर्णय गरेको हो ।
नपाका प्रवक्ता २ नम्बर वडाका अध्यक्ष राम थापामगरले नगरवासीलाई निःशुल्क खोप दिन नपाले नै व्यवस्थापन गर्ने गरी सरकारसँग अनुदान माग गर्ने बैठकले निर्णय गरेको जानकारी दिए ।
‘कोभिडविरुद्धको खोप नगरपालिका आफैले व्यवस्थापन गर्ने गरी अनुदानको लागि आवश्यक प्रक्रिया पूरा गर्न स्वास्थ्य मन्त्रालयमा स्वीकृतिको लागि प्रस्ताव गर्ने कार्यपालिका बैठकले निर्णय गरेको हो’, उनले भने ।
मध्यपुर थिमि नगरपालिका आफैले नगरवासीलाई कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन गर्ने भनी निर्णय गर्ने भक्तपुरको पहिलो नगरपालिका हो । यहाँका मध्यपुर थिमिसँगै भक्तपुर, चाँगुनारायण र सूर्यविनायक गरी ४ नगरपालिका रहेका छन् ।
मध्यपुर थिमि नपाका प्रवक्ता थापामगरका अनुसार बैठकले आर्थिक अवस्था कमजोर भएका नगरवासीको पीसीआर परीक्षण नपाले सञ्चालन गनरेको नेपाल कोरिया मैत्री अस्पतालमा निःशुल्क गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले मध्यपुर थिमि नपाको नगरसभा आउँदो असार ७ गते गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए ।
भक्तपुरका ४ नपामध्ये मध्यपुर थिमि नपा कोरोना भाइरस संक्रमणको हटस्पट हो । हालसम्म मध्यपुर थिमि नपाकै बढी संक्रमितले ज्यान गुमाएका छन् । यहाँका ६२ पुरुष र २८ महिला गरी ९० जना संक्रमितको मृत्यु भएको छ ।
मध्यपुर थिमि नपामा ३ हजार ८२३ पुरुष र ३ हजार २७९ महिला गरी ७ हजार ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । जुन भक्तपुरका ४ नपामध्ये सबैभन्दा बढी हो । जसमध्ये ३ हजार ५८२ जना पुरुष र ३ हजार ५५ जना महिला गरी ६ हजार ६३७ जना डिस्चार्ज भएका छन् ।
यहाँ १८६ महिला र १७९ पुरुष र ३६५ जना सक्रिय संक्रमित रहेका छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!