Connect with us

POLITICS

संसद विघटनविरुद्ध भक्तपुरमा ५ दलको आन्दोलन घोषणा

Published

on

संसद विघटनविरुद्ध क्रियाशील ५ दलको भक्तपुरमा बसेको सर्वदलीय बैठकका सहभागी ।

भक्तपुर । भक्तपुरमा प्रतिनिधिसभा विघटनविरुद्ध ५ दलले आन्दोलन घोषणा गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल समूह र जनमोर्चा नेपालले आन्दोलन घोषणा गरेका हुन् ।
नेपाली कांग्रेस भक्तपुरको जिल्ला पार्टी कार्यालयका सोमबार बसेको सर्वदलीय बैठकले संसद विघटनविरुद्ध जेठ १३ गते बेलुका ७ बजे आआफ्नो घरको कौसी वा झ्यालबाट रितो थाल बजाउने निर्णय गरेको छ ।
बैठकले उक्त विरोध कार्यक्रममै कोभिड १९ विरुद्धको सहज उपचारको माग गर्नेसमेत निर्णय गरेको कांग्रेस भक्तपुरका उपसभापति हरिप्रसाद नेपालले जानकारी दिए ।
उनले संसद विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको असंवैधानिक कदमको विरोध गर्न प्रत्येक दलबाट २–२ जना प्रतिनिधि रहने गरी जिल्लास्तरीय संयन्त्र निर्माण गन निर्णय गरिएको बताए ।
उक्त संयन्त्र भक्तपुरका ४ वटै नपामा समेत विस्तार गरिने माओवादी केन्द्र भक्तपुरका अध्यक्ष डीपी ढकालले जानकारी दिए ।
उनका अनुसार संसद विघटन गर्ने प्रतिगमनको विरोधमा भक्तपुरका ४ वटा नपाका प्रत्येक वडाका सार्वजनिक स्थलमा कालो ब्यानर र अपिल राख्ने निर्णय गरिएको छ ।
बैठकले सामाजिक सञ्जालमार्फत अन्तरक्रिया गर्दै प्रतिगमनविरुद्ध जनमत बढाउने निर्णयसमेत गरिएको अध्यक्ष ढकालले बताए ।
बैठकपछि पाँच दलका जिल्ला नेतृत्वले संयुक्त प्रेस विज्ञप्तिसमेत सार्वजनिक गरेका छन् । उक्त विज्ञप्तिमा कांग्रेसका भक्तपुर जिल्ला उपाध्यक्ष नेपाल, माओवादी केन्द्रका भक्तपुर अध्यक्ष ढकाल, एमाले माधव नेपाल समूहका भक्तपुर अध्यक्ष रजन केसी, जनता समाजवादीका भक्तपुर अध्यक्ष श्याम शिल्पकार र जनमोर्चा नेपालका भक्तपुर अध्यक्ष शिवहरि खनालले हस्ताक्षर गरेका छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!