Connect with us

POLITICS

मध्यपुर थिमि नपाका ६ वटा वडाले आइसोलेसनमा चिकित्सक र अक्सिजनको लागि दिए १५-१५ लाख

Published

on

भक्तपुरस्थित मध्यपुर थिमि नगरपालिकाको कार्यालय ।

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका ६ वटा वडाले आइसोलेसनमा चिकित्सक र अक्सिजन ग्यासको व्यवस्था गर्न १५-१५ लाख रुपैयाँ दिएका छन् ।
मध्यपुर थिमि नपा ९ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा सञ्चालित नगरपालिकाको आइसोलेसन केन्द्रको लागि उक्त रकम दिएका हुन् ।
वडा नं १, २, ३, ४, ६ र ९ का अध्यक्षहरू क्रमशः सुरज खड्का, राम थापामगर, प्रेमबहादुर कुटु, कुमार श्रेष्ठ, इन्द्रबहादुर प्रजापति र रामकाजी चक्रधरले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त रकम व्यवस्था गरेका जनाएका हुन् । कोरोना भाइरस संक्रमितहरुको उपचारमा सहज बनाउन बजेट व्यवस्थापन गर्ने यी ६ जनै वडा अध्यक्षहरू नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू हुन् ।
उनीहरुले बोडेस्थित आइसोलेसन केन्द्रलाई ५० शय्यासम्म विस्तार गर्नेसमेत घोषणा गरेका छन् । हाल उक्त आइसोलेसनमा ३५ शय्या रहेका छन् ।
अहिलेको अवस्थामा भौतिक निर्माणभन्दा पनि नगर तथा वडावासीको स्वास्थ्य सुरक्षा महत्वपूणर् भएकाले उक्त बजेटको व्यवस्थापन गरिएको मध्यपुर थिमि नपाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राम थापामगरले स्पष्ट पारे ।
उनले चालू आर्थिक वर्षमा विभिन्न विकास निर्माणमा विनियोजित रकम रकमान्तर गरी उक्त रकमको जोहो गरिएको बताए ।
६ वटा वडाको १५-१५ लाख गरी जम्मा भएको ९० लाख रुपैयाँले बोडेस्थित कृषि तालिम केन्द्रको आइसोलेसनको क्षमता ५० शय्या पुर्‍याइने वडा अध्यक्षहरूले जनाएका छन् । साथै आइसोलेसनका दक्ष चिकित्सकसहित सबै शय्यामा अक्सिजनको व्यवस्था गरिने उनीहरूले स्पष्ट पारेका छन् ।
भक्तपुरका चार नपामध्ये मध्यपुर थिमि सबैभन्दा बढी संक्रमित भएको नगर हो । यहाँ ६ सय ७६ जना पुरुष ६ सय २४ जना महिला गरी एकहजार ३ सय सक्रिय संक्रमित रहेका छन् । यहाँ अहिलेसम्म २ हजार ८ सय ५ पुरुष र २ हजार ३ सय ४० महिला गरी ५ हजार एकसय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै अहिलेसम्म मध्यपुर थिमि नपाकै बढी संक्रमितले ज्यान गुमाएका छन् । यहाँका ३६ जना पुरुष र १६ जना महिला गरी ५२ जनाको संक्रमणको कारण मृत्यु भएको छ । मध्यपुर थिमिका २ हजार ९३ जना पुरुष र एक हजा ७ सय महिला गरी ३ हजार ७ सय ९३ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।
स्वास्थ्य कार्यालय भक्तपुरको तथ्यांकअनुसार मध्यपुर थिमिको समुदायस्तरमै कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!