Connect with us

POLITICS

जनप्रतिनिधिहरुबाट परिवर्तन देखिएन : बिजुक्छे

Published

on

भक्तपुर नपाको ६९ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय तहमा आएका जनप्रतिनिधिहरुबाट परिवर्तन नदेखिएको भन्दै असन्तुष्टि पोखेका छन् ।
भक्तपुर नगरपालिकाको ६९ औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेले कार्यक्रमस्थलअघि भएको फोहरको डंगुर देखाउँदै नपाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई कहाँ परिवर्तन भयो भनी प्रश्न तेस्र्याएका हुन् ।
भक्तपुर नगरपालिका २ व्यासीको भक्तपुर औद्योगिक क्षेत्रभित्र रहेको नपाको स्वामित्वको पेपर क्राफ्ट परिसरमा नपाले आफ्नो ६९ औं स्थापना दिवस मनाएको हो । पेपर क्राफ्ट परिसरको दक्षिण पश्चिम कुनामा कागजलगायतको फोहरको डंगुर थियो । जुन दक्षिण फर्केको कार्यक्रमको मञ्चमा बसेकाले प्रस्टै देखेका थिए ।
सोही फोहरको डंगुरलाई देखाउँदै अध्यक्ष बिजुक्छेले भने, ‘दुई वर्षअघि यहाँ आउँदा पनि त्यो फोहरको डंगुर थियो । आज आउँदा पनि त्यो फोहरको डंगुर जस्ताको तस्तै छ । त्यसको व्यवस्थापन कसले गर्ने ? कर्मचारीहरुले गर्ने कि जनप्रतिनिधिहरुले गर्ने ? के यहीं हो परिवर्तन ?’
उनले आफ्नै कार्यालयमा परिवर्तन गर्न नसक्ने जनप्रतिनिधि र कर्मचारीहरुले सिंगो नगर परिवर्तन गर्न नसक्ने औंल्याए ।

‘नगरपालिका भनेको दमकल हो’

उनले नगरपालिका आकस्मिक सेवा दिने दमकलजस्तै हुनुपर्नेसमेत स्पष्ट पारे ।
हरसमय जनताको काम आइपर्ने र ती काम गर्न कर्मचारीमात्रै होइन जनप्रतिनिधिहरुसमेत चौबीसै घन्टा तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ थियो ।
‘नगरपालिका भनेको आकस्मिक सेवा दिने दमकल र एम्बुलेन्सजस्तै हो’, अध्यक्ष बिजुक्छेले भने, ‘त्यसैले जनप्रतिनिधि र कर्मचारीहरु चौबीसै घन्टा काम गर्न तयारी अवस्थामा बस्नुपर्छ । जनताको काम गर्न जनप्रतिनिधि र कर्मचारीहरुले दिक्क मान्नुहुन्न ।’
उनले शिक्षा क्षेत्रमा लगानी गरिरहेको भक्तपुर नगरपालिकाले कर्मचारीहरुको शैक्षिक तथा प्रशासनिक वृत्ति विकासमा पनि ध्यान दिनुपर्ने सुझाव दिए ।

प्रयोग नहुने सीप र डीग्री बेकाम

अध्यक्ष बिजुक्छेले प्रयोग नहुने सीप र उच्च शिक्षाको डिग्री बेकामे भएकोसमेत बताए ।
‘हामीसँग धेरै सीप र विश्वविद्यालयको डिग्रीमात्रै भएर हुँदैन । त्यो प्रयोगमा आउनुपर्छ’, उनले भने, ‘हामी लगाएको कोटमा भएको फूलले शोभा देला तर त्यसले न वास्ना दिन्छ त कतै प्रयोग हुन्छ तर रुमाल भए पुछ्न हुन्छ । हाम्रो सीप र डिग्री पनि रुमाल हुनुपर्छ, कोटको फूल होइन ।’
कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद सुरेन्द्रराज गोसाईं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले स्रोत र साधनले उक्त भक्तपुर नपाले अरु नपाहरुलाई दिशा निर्देश गर्न सक्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नपाको स्थापना दिवसको अवसरमा आयोजित विभिन्न् खेलकुद प्रतियोगिताका विजेताहरुलाई नेमकिपा अध्यक्ष बिजुक्छेले भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले पुरस्कार वितरण गरेका थिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!