Connect with us

POLITICS

यस्ता छन् ओली सरकारका ५ महिने उपलब्धि

Published

on

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले ५ महिने उपलब्धि सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ओली नेतृत्वको सरकारले ५ महिनामा गरेका काम समेटेर ७४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको हो ।
ओली नेतृत्वको सरकारले प्रमुख सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा मितव्ययिता, सिण्डिकेटको अन्त्य, विकास निर्माणमा ढिलासुस्तीको अन्त्य, औचित्यहीन भ्रमण नियन्त्रणमा रोकलगायतका विषयलाई उपलब्धि भएको जनाएको छ ।
नारायणगढ मुग्लिन सडक स्तरोन्नति, सिमरा बर्दिबास रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम, मुग्लिनमा त्रिशुली नदीमा आर्कब्रिज अन्तिम चरणमा पुग्नुलाई पनि सरकारले उपलब्धिमा राखेको छ । नागढुंगामा सुरुङ मार्ग निर्माण सरकारले आफ्नो उपलब्धि ठानेको छ । सरकारले ५ महिनामा ९० वटा तुइन विस्थापित गरेको जनाएको छ ।
भेरी बबई डाइभर्सनको ६ किलोमिटर सुरुङ निर्माण, काठमाडौं तराई फास्ट ट्रयाकमा १९ हजार रुख काटिनु, पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको बट्टार, तनहुँको आँबुखैरेनी, काभ्रेपलाञ्चोक र ललितपुरमा स्थान छनोटलाई पनि सरकारले उपलब्धि भनेको छ ।
डुबानको दीर्घकालीन समाधान, जलमार्गको स्थलगत अध्ययन, राजस्व संकलन, विकास खर्चमा वृद्धिलगायतलाई सरकारले आफ्नो उपलबिधको सूचीमा राखेको छ ।

यस्ता छन् ओली सरकारका ५ महिने उपलब्धिhttps://drive.google.com/file/d/1MPnNtIevW_Did7CXG1Iz6qL27bWCsunQ/view?usp=sharing

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!