Connect with us

HEALTH

४० हजार ५ सय बढीले लगाए भेरोसेलको दोस्रो मात्रा

Published

on

फाइल तस्वीर

भक्तपुर । भक्तपुरका ४० हजार ६६१ जनाले कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाएका छन् । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार यहाँका ४ नपामा जारी खोप कार्यक्रमअन्तर्गत हालसम्म उक्त संख्याले भेरोसेलको दोस्रो मात्रा लगाएका हुन् ।
जसअनुसार सूर्यविनायक नपाका १२ हजार ४४५ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
उनका अनुसार मध्यपुर थिमि नपाले ११ हजार ३१५ जनालाई दोस्रो मात्रा दिँदा भक्तपुर नपाले ९ हजार ९५२ जनालाई दिएको छ ।
चाँगुनारायण नपाले भने ६ हजार ९४९ जनालाई खोप दिइसकेको उनको भनाइ छ ।
प्रमुख मिजारले अझै भक्तपुरका ३ हजार ६४२ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेको बताए ।
‘भक्तपुरका ४४ हजार ३०३ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए’, उनले भने, ‘यस आधारमा ३ हजार ६४२ जनाले दोस्रो खोप लगाउन बाँकी छ ।’
अहिले भक्तपुरका ४ नपामध्ये ३ वटा नपामा दोस्रो मात्राको खोप दिने कार्य भइरहेको छ । सूर्यविनायक नपाले खोप अभियान कार्यक्रम टुंग्याएको स्वास्थ्य कार्यालयले जनाएको छ । उसले जेठ ४ गतेदेखि दोस्रो मात्रा दिने खोप कार्यक्रम अघि बढाएको थियो ।
त्यस्तै मध्यपुर थिमि नपाले जेठ २, चाँगुनारायण नपाले जेठ ५ र भक्तपुर नपाले जेठ ६ गतेदेखि खोप कार्यक्रम अघि बढाएका थिए ।
भक्तपुरमा गएको वर्षको चैत २५ गतेदेखि वैशाख १६ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाउने खोप कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा १८ वर्षमाथिका जिल्लावासीलाई खोप दिइएको थियो ।
भक्तपुरमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ८३ जना पुगेका छन् । जसमध्ये एकहजार ९१८ पुरुष र एकहजार ६७९ महिला गरी ३ हजार ५९७ जना सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरका २४५ जना संक्रमितको मृत्यु भएको छ । जसमा १६२ जना पुरुष र ८३ जना महिला रहेका छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!