Connect with us

HEALTH

भक्तपुरमा एकसयमा २ जना संक्रमितको मृत्यु

Published

on

फाइल तस्वीर

भक्तपुर । भक्तपुरमा एकसय जनामा २ जना कोरोना भाइरस संक्रमितको मृत्यु हुन थालेको छ । समग्र नेपालको मृत्युदर १.२५ रहँदा भक्तपुरको २ प्रतिशत पुगेको हो । यस तथ्यांकले भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण हुने मृत्युदर बढेको स्पष्ट हुन्छ ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार पछिल्लो समय ३२९ जना नयाँ संक्रमित थपिँदा ६ जना संक्रमितको मृत्यु भएको हो । कार्यालयका प्रमुख कृष्ण मिजारले ४ पुरुष र २ महिला गरी ६ जना संक्रमितको मृत्यु भएको जानकारी दिए ।
अघिल्लो दिन ९ जना संक्रमितको मृत्यु भएको थियो । अहिलेसम्म भक्तपुरमा २३१ संक्रमितको मृत्यु भएको छ । जसमा १५१ जना पुरुष र ८० जना महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख मिजारका अनुसार कोरोना भाइरस संक्रमणको दोस्रो लहर जटिल किसिमको भएकाले भक्तपुरमा मर्ने संक्रमितको संख्या बढिरहेको छ ।
अस्पतालमा शय्या नपाइने तथा शय्या पाइए पनि भेन्टिलेटरसहितको आईसीयूको अभावले संक्रमितहरु होम आइसोलेसनमै बस्दा पनि मर्नेहरुको संख्या बढेको उनी बताउँछन् ।
‘संक्रमण पुष्टि हुँदा जटिल किसिमको लक्षण नभएको भन्दै होम आइसोलेसनमा बस्छन्’, प्रमुख मिजारले थपे, ‘अस्पतालमा शय्या पाउन पनि मुस्किल छ । शय्या पाइए भेन्टिलेटर पाइँदैन । संक्रमण जटिल भएपछि अस्पताल पुग्ने क्रमले मृत्युदर बढिरहेको छ ।’
पछिल्लो २४ घन्टामा सूर्यविनायक नपाका २ पुरुष र एक महिला गरी ३ जना संक्रमितको मृत्यु भयो । भक्तपुर नपाका एक महिला र मध्यपुर थिमि तथा चाँगुनारायण नपाका एकएक जना पुरुष संक्रमितले ज्यान गुमाए ।
भक्तपुरका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपाका ५८ जना पुरुष र २४ महिला गरी ८२ जना संक्रमितको मृत्यु भएको छ ।
भक्तपुरका नपाका ३७ पुरुष र २६ महिला गरी ६३ संक्रमितले ज्यान गुमाउँदा सूर्यविनायक नपाका ३९ पुरुष र २२ महिला गरी ६१ जना संक्रमितको मृत्यु भएको छ ।
चाँगुनारायण नपाका १७ जना पुरुष र ८ जना महिला गरी २४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार भक्तपुरमा अझै ४ हजार ६७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५.६३ प्रतिशत अर्थात १४२ जना पुरुष र ९९ जना महिला गरी २४१ जना अस्पताल एवं नपाको आइसोलेसन केन्द्रमा रहेका छन् ।
यहाँका कुल संक्रमितको ९४.३६ प्रतिशत अर्थात २ हजार १० जना पुरुष र एकहजार ८२८ जना महिला गरी ३ हजार ८३८ जना होम आइसोलेसनमा छन् ।
भक्तपुरमा पछिल्लो समय डिस्चार्ज हुने संक्रमितको संख्या केही बढेको छ । पछिल्लो समय ३२९ जना नयाँ संक्रमित थपिँदा ३७६ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिए । समग्रमा भक्तपुरका कुल संक्रमितमध्ये ७६.७० प्रतिशत डिस्चार्ज भएका छन् । जसअनुसार ७ हजार ८४१ जना पुरुष र ६ हजार ३१४ जना महिला गरी १४ हजार १५५ जना संक्रमित डिस्चार्ज भएका हुन् ।
यहाँका १८ हजार ४५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १० हजार १३४ जना पुरुष र ८ हजार ३१९ जना महिला रहेका छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!