Connect with us

HEALTH

भक्तपुरमा ४८ घन्टामा १२ संक्रमितको मृत्यु

Published

on

फाइल तस्वीर

भक्तपुर । भक्तपुरमा पुनः कोरोना भाइरस संक्रमितको निरन्तर मृत्यु हुन थालेको छ । स्वास्थ्य कार्यालय भक्तपुरको तथ्यांकले यहाँ प्रत्येक ४ घन्टामा एकजना संक्रमितको मृत्यु भएको देखाउँछ । गएको ४८ घन्टामा यहाँका १२ संक्रमितले ज्यान गुमाए ।
कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार पछिल्लो ४८ घन्टामा सूर्यविनायक नपाका ३ महिला र २ पुरुष गरी ५ संक्रमितको मृत्यु भयो । भक्तपुर नपाका २–२ जना महिला र पुरुष गरी ४ जना संक्रमितले ज्यान गुमाए ।
त्यस्तै मध्यपुर थिमि नपाका एकएक महिला र पुरुष गरी २ जना तथा चाँगुनारायण नपाका एक महिला संक्रमितको मृत्यु भएको प्रमुख मिजार बताउँछन् ।
भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्या २२५ पुगेको छ । यहाँका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपाका ५७ जना पुरुष र २४ महिला गरी ८१ जना संक्रमितको मृत्यु भएको छ ।
भक्तपुरका नपाका ३७ पुरुष र २५ महिला गरी ६२ संक्रमितको मृत्यु हुँदा सूर्यविनायक नपाका ३७ पुरुष र २१ महिला गरी ५८ जनाले ज्यान गुमाएका छन् ।
यहाँ सबैभन्दा कम चाँगुनारायण नपाका १६ जना पुरुष र ८ जना महिला गरी २४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिए ।

सक्रिय संक्रमित ४ हजार १२० जना

उनले भक्तपुरमा अझै ४ हजार १२० जना सक्रिय संक्रमित रहेको बताए । जसमध्ये ५.६७ प्रतिशत अर्थात १३८ जना पुरुष र ९६ जना महिला गरी २३४ जना अस्पताल एवं नपाको आइसोलेसन केन्द्रमा रहेको उनको भनाइ छ ।
स्वास्थ्य कार्यालयका अनुसार कुल संक्रमितको ९४.३३ प्रतिशत अर्थात २ हजार ४५ जना पुरुष र एकहजार ८४१ जना महिला होम आइसोलेसनमा छन् ।
यहाँका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिमा एकहजार ३१२ जना सक्रिय संक्रमित रहेका छन् । सूर्यविनायकमा एकहजार २८९ जना, भक्तपुरमा ६७० जना र चाँगुनारायण नपामा ५५९ जना सक्रिय संक्रमित छन् ।
भक्तपुरमा पछिल्लो समय डिस्चार्ज हुने संक्रमितको संख्या बढेको छ । स्वास्थ्य कार्यालयका प्रमुख मिजारले शनिबार २८३ जना नयाँ संक्रमित थपिँदा ४२९ जना डिस्चार्ज भएको बताए । तर समग्रमा भक्तपुरका कुल संक्रमितमध्ये ७६ प्रतिशतमात्रै डिस्चार्ज भएका छन् । जसअनुसार ७ हजार ६३७ जना पुरुष र ६ हजार १४२ जना महिला गरी १३ हजार ७७९ जना संक्रमित डिस्चार्ज भएका हुन् ।
शनिबार एकैचोटि ४२९ जना डिस्चार्ज भएपछि भक्तपुरमा डिस्चार्ज हुने संक्रमितको संख्या बढेको देखिएको हो । तर शुक्रबारसम्म भक्तपुरमा डिस्चार्ज हुने संख्या ७३ प्रतिशतमात्रै थियो ।
भक्तपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुने संख्या १८ हजार १२४ पुगेको छ । जसमा ९ हजार ९६७ जना पुरुष र ८ हजार १५७ जना महिला रहेका छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!