Connect with us

HEALTH

भक्तपुरमा एकैदिन १४ संक्रमितको मृत्यु

Published

on

भक्तपुर । भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण गएको २४ घन्टामा १४ जनाको मृत्यु भएको छ । यो मृत्यु हालसम्मकै सबैभन्दा बढी मृत्यु हो ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार १० जना पुरुष र ४ जना महिला गरी १४ जना संक्रमितको मृत्यु भएको हो ।
कार्यालयका प्रमुख कृष्ण मिजारले यसअघि २४ घन्टाभित्र ९ जनासम्म संक्रमितको मृत्यु भएकोमा पछिल्लोपटक १४ जनाको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार मध्यपुर थिमि नपामा ३ पुरुष र २ महिला गरी ५ जना तथा सूर्यविनायक नपामा ३ पुरुष र एक महिला गरी ४ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै चाँगुनारायण नपामा ३ पुरुष र भक्तपुर नपामा एकएक महिला र पुरुष गरी २ जना संक्रमितको मृत्यु भएको प्रमुख मिजार बताउँछन् ।
यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्या २०५ पुगेको छ । जसमा पुरुष १३७ र महिला ६८ जना रहेका छन् ।
भक्तपुरका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिका ५४ जना पुरुष र २२ जना महिला गरी ७६ जना संक्रमितले ज्यान गुमाएका छन् । भक्तपुर नपाका ३४ पुरुष र २२ महिला गरी ५६ संक्रमितको मृत्यु हुँदा सूर्यविनायक नपाका ३४ पुरुष र १८ महिला गरी ५२ जनाले ज्यान गुमाएका छन् ।
यहाँ सबैभन्दा कम चाँगुनारायण नपाका १५ जना पुरुष र ६ जना महिला गरी २१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिए ।
भक्तपुरमा हालसम्म संक्रमितको संख्या १७ हजार २०७ पुगेको छ । जसमा ९ हजार ४७३ जना पुरुष र ७ हजार ७३४ जना महिला रहेका छन् । यसमध्ये ६ हजार ८८८ जना पुरुष र ५ हजार ४३२ जना महिला गरी १२ हजार ३२० जना संक्रमित डिस्चार्ज भएका छन् । यो कुल संक्रमितको ७१.५९ प्रतिशत हो ।
भक्तपुरमा सक्रिय संक्रमित भने ४ हजार ६८२ जना छन् । जसमा २ हजार ४४८ जना पुरुष र २ हजार २३४ जना महिला रहेका छन् । यहाँका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिमा एकहजार ४९३ जना सक्रिय संक्रमित रहेका छन् । सूर्यविनायकमा एकहजार ३७९ जना, भक्तपुरमा ८३२ जना र चाँगुनारायण नपामा ५७९ जना सक्रिय संक्रमित छन् ।
सक्रिय संक्रमितमध्ये १४३ पुरुष र ११५ महिला गरी २५८ जना संक्रमित अस्पताल तथा नपाको आइसोलेसनमा उपचाररत छन् । यहाँका २ हजार ३०५ जना पुरुष र २ हजार ११९ जना महिला गरी ४ हजार ४२४ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!