Connect with us

HEALTH

भक्तपुरमा लगातार संक्रमितको मृत्यु : मृत्यु हुनेको संख्या १५१

Published

on

File Photo

भक्तपुर । भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण थप ४ जनाको मृत्यु भएको छ । ३ जना पुरुष र एकजना महिला संक्रमितको मृत्यु भएको हो । गएको चार दिनदेखि भक्तपुरमा लगातार कोरोना भाइरस संक्रमितको मृत्यु भइरहेको छ । अघिल्लो दिनमात्रै एकैदिन ६ जना संक्रमितको मृत्यु भएको थियो ।
यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या एकसय ५१ पुगेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि मात्रै भक्तपुरमा मर्ने संक्रमितको संख्या २३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरका चार वटै नगरपालिकामा समुदायमै कोरोना भाइरस संक्रमण फैलिइसकेको हुँदा संक्रमणदर तीव्र बढेको बताए ।
उनले एकसय २० जना नयाँ संक्रमित थपिँदा ४ जना संक्रमितको मृत्यु भएको अवस्थाले पनि भक्तपुरमा कोरोना भाइरस संक्रमण भयावह भएको पुष्टि हुने बताए ।
उनका अनुसार संक्रमित बढेको तुलनामा डिस्चार्ज हुनेदर समेत कम रहेको छ । पछिल्लो समय एकसय २० जना नयाँ संक्रमित थपिँदा जम्मा ९४ जनामात्रै डिस्चार्ज भएको प्रमुख मिजार बताउँछन् ।
भक्तपुरमा सबैभन्दा बढी मध्यपुर थिमि नपाका संक्रमितको मृत्यु भएको छ । यहाँका ३६ पुरुष र १६ महिला गरी ५२ जना संक्रमितले ज्यान गुमाएका छन् ।
मध्यपुर थिमिपछि भक्तपुर नपाका ३२ पुरुष र १८ महिला गरी ५० जना, सूर्यविनायकका २१ पुरुष र १४ महिला गरी ३५ जना तथा चाँगुनारायण नपाका १० पुरुष र ४ महिला गरी १४ जना संक्रमितको मृत्यु भएको छ ।
भक्तपुरमा सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय एक जना पुगेका छन् ।
भक्तपुरमा सबैभन्दा बढी मध्यपुर थिमि नपामा ६ सय ७६ पुरुष र ६ सय २४ महिला गरी एकहजार ३ सय सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै सूर्यविनायक नपामा ५ सय ३३ पुरुष र ४ सय ५२ महिला गरी ९ सय ८५ जना सक्रिय संक्रमित रहेका छन् । भक्तपुर नपामा ३ सय ४६ पुरुष र ३ सय ३२ महिला गरी ६ सय ७८ सक्रिय संक्रमित छन् । चाँगुनारायण नपामा २ सय ४२ पुरुष र एकसय ६८ महिला गरी ४ सय १० जना सक्रिय संक्रमित रहेका छन् ।
भक्तपुरका सक्रिय संक्रमितमध्ये एकसय ८ पुरुष र ९६ महिला गरी २ सय ४ जना अस्पताल तथा नपाको आइसोलेसनमा रहेका छन् । एकहजार ८ सय ६९ जना पुरुष र एकहजार ६ सय २८ महिला गरी ३ हजार ४ सय ९७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
भक्तपुरका कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ६४ जना पुरुष र ६ हजार २ सय ९६ महिला गरी १४ हजार एक सय ६० पुगेका छन् । यसमध्ये ५ हजार ७ सय ८८ जना पुरुष र ४ हजार ५ सय २० जना महिला गरी १० हजार ३ सय ८ जना संक्रमित डिस्चार्ज भएका छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!