Connect with us

HEALTH

भक्तपुरमा कोरोना संक्रमणले मर्ने १४७ पुगे

Published

on

File Photo

भक्तपुर । भक्तपुरमा शनिबार एकैदिन कोरोना भाइरस संक्रमणको कारण ६ जनाको मृत्यु भएको छ । यसअघि पनि एकैदिन ४ जना संक्रमितको मृत्यु भएको थियो ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण फैलिएपछि यहाँ एकैदिन सबैभन्दा बढी शनिबार ५ पुरुष र एकजना महिला गरी ६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको हो ।
कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरका चार नगरपालिकामध्ये मध्यपुर थिमि र सूर्यविनायकका २–२ जना पुरुष तथा चाँगुनारायणका एक जना पुरुष र एकजना महिला संक्रमितको मृत्यु भएको बताए ।
यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एकसय ४७ पुगेको छ । जसमा ९६ जना पुरुष र ५१ जना महिला रहेको स्वास्थ्य कार्यालय प्रमुख मिजार बताउँछन् ।
अहिलेसम्म भक्तपुरमा सबैभन्दा बढी मध्यपुर थिमि नपाका संक्रमितको मृत्यु भएको छ । यहाँका ३५ पुरुष र १६ महिला गरी ५१ जना संक्रमितले ज्यान गुमाएका छन् ।
मध्यपुर थिमिपछि भक्तपुर नपाका ३२ पुरुष र १८ महिला गरी ५० जना, सूर्यविनायकका २० पुरुष र १३ महिला गरी ३३ जना तथा चाँगुनारायण नपाका ९ पुरुष र ४ महिला गरी १३ जना संक्रमितको मृत्यु भएको छ ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण फैलिएसँगै भक्तपुरमा कोरोना भाइरस संक्रमण तीव्र बढेको छ । शनिबार एकैदिन ४ सय ३४ नयाँ संक्रमित थपिएका छन् । यससँगै यहाँ सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ८९ जना पुगेका छन् ।
भक्तपुरमा सबैभन्दा बढी मध्यपुर थिमि नपामा ६ सय ७१ पुरुष र ६ सय ६ सय ८ महिला गरी एकहजार २ सय ७९ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३२ जना पुरुष र ३२ जना महिला गरी ६४ जना अस्पताल तथा नपाको आइसोलेसनमा छन् भने बाँकी सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिए ।
त्यस्तै सूर्यविनायक नपामा ५ सय १२ पुरुष र ४ सय ४२ महिला गरी ९ सय ५४ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १९ पुरुष र १९ महिला गरी ३८ जना अस्पतालको आइसोलेसनमा छन् ।
भक्तपुर नपामा ३ सय ३९ पुरुष र ३ सय १७ महिला गरी ६ सय ५६ सक्रिय संक्रमित छन् । जसमध्ये ३० महिला र २९ पुरुष गरी ५९ जना अस्पतालको आइसोलेसनमा छन् ।
त्यस्तै चाँगुनारायण नपामा २ सय ३० पुरुष र एकसय ६४ महिला गरी ३ सय ९४ जना सक्रिय संक्रमितमध्ये २६ पुरुष र १४ महिला गरी ४० जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।
सक्रिय संक्रमितको ५.६ प्रतिशत अस्पताल तथा नपाले सञ्चालन गरेका आइसोलेसनमा छन् । ८४.४ प्रतिशत संक्रमित भने होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
भक्तपुरका कोरोना संक्रमितको संख्या ७ हजार ७ सय ४९ पुरुष र ६ हजार २ सय एक महिला गरी १३ हजार ९ सय ५० पुगेका छन् । त्यस्तै ५ हजार ७ सय ३४ पुरुष र ४ हजार ४ सय ८० महिला गरी १० हजार २ सय १४ जना अर्थात ७३ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!