Connect with us

HEALTH

कोरोना भाइरस संक्रमणले भक्तपुरमा थप एकको मृत्यु

Avatar

Published

on

भक्तपुर । भक्तपुरमा कोरोना भाइरसको कारण थप एकजनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरस संक्रमणको कारण करिब एक महिनापछि पहिलो मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार बिहीबार मध्यपुर थिमि नपाका एकजना पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो । यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्या एकसय २८ पुगेको कार्यालय प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
उनका अनुसार भक्तपुरमा ८३ पुरुष र ४५ महिलाको संक्रमणको कारण मृत्यु भएको छ ।
भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका ४५ जना संक्रमितको मृत्यु भएको छ । यहाँका २९ पुरुष र १६ महिलाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।
मध्यपुर थिमि नपाका २८ पुरुष र १४ महिला गरी ४२ जना संक्रमितको मृत्यु भएको छ । सूर्यविनायक नपाका १८ पुरुष र १३ महिला गरी ३१ ले संक्रमणको कारण ज्यान गुमाउँदा चाँगुनारायण नपाका ८ पुरुष र २ महिला गरी १० जनाको मृत्यु भएको छ ।

३८ जना सक्रिय संक्रमित

स्वास्थ्य कार्यालय भक्तपुरमा अझै ३८ जना सक्रिय संक्रमित रहेको बताएका छन् । यहाँ १९ पुरुष र १९ नै महिला संक्रमित सक्रिय रहेको कार्यालय प्रमुख मिजारले बताए ।
उनले सक्रिय संक्रमितमध्ये १७ पुरुष र १८ महिला गरी ३५ जना होम आइसोलेसनमा रहेको जानकारी दिए । २ पुरुष र १ महिला गरी ३ जनामात्रै अस्पतालको आइसोलेसन रहेका छन् ।
भक्तपुरका चार नपामध्ये सूर्यविनायकमा १५, चाँगुनारायणमा ७ र भक्तपुर तथा मध्यपुर थिमिमा ७–७ जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमित संख्या ९ हजार ६ सय ४१

हालसम्म भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार ६ सय ४१ जना पुगेका छन् । जसमा पुरुष ५ हजार ४ सय ३४ र महिला ४ हजार २ सय ७ जना रहेका छन् ।
कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आए पनि भक्तपुरमा नयाँ संक्रमित थपिने क्रम रोकिएको छैन ।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिमा ३ हजार ५ सय ५१ जना संक्रमित रहेका छन् । जसअनुसार यहाँ एक हजार ९ सय ६३ पुरुष र एकहजार ५ सय ८८ महिला रहेका छन् ।
सूर्यविनायक नपामा एकहजार ७ सय ८३ पुरुष र एक हजार ३ सय २६ महिला गरी ३ हजार एकसय ९ जना संक्रमित रहेका छन् । भक्तपुर नपामा ९ सय ५८ पुरुष र ८ सय ४९ महिला गरी एकहजार ८ सय ७ संक्रमित पुगेको स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ ।
कार्यालयका अनुसार भक्तपुरमा सबैभन्दा कम चाँगुनारायण नपामा ५ सय ४८ पुरुष र ३ सय २८ महिला गरी ८ सय ७६ जना संक्रमित रहेका छन् । अन्य संक्रमितहरुमा एकसय ८२ पुरुष र एकसय १६ महिला गरी २ सय ९८ जना रहेको कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा ९८.२७ प्रतिशत कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । यहाँका ९ हजार ४ सय ७५ जना संक्रमित डिस्चार्ज भएका हुन् । कार्यालय प्रमुख मिजारले भक्तपुरका ५ हजार ३ सय ३२ पुरुष र ४ हजार १ सय ४३ महिला डिस्चार्ज भएको जानकारी दिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!