Connect with us

HEALTH

भक्तपुरमा कोरोना संक्रमितको संख्या ९,५०३

Avatar

Published

on

File Photo

भक्तपुर । भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार ५ सय ३ जना पुगेका छन् । जसमा पुरुष ५ हजार ३ सय ५७ र महिला ४ हजार एकसय ४६ रहेका छन् ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा ३ हजार ४ सय ९९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यहाँ पुरुष एकहजार ९ सय ३३ र महिला एकहजार ५ सय ६६ जनालाई कोरोना संक्रमण भएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
उनका अनुसार सूर्यविनायक नपामा एकहजार ७ सय ६६ पुरुष र एकहजार ३ सय ३ गरी ३ हजार ६९ जना संक्रमित पुगेका छन् ।
त्यस्तै भक्तपुर नपामा ९ सय ४१ पुरुष र ८ सय ३९ महिला गरी एक हजार ७ सय ८० तथा चाँगुनारायण नपामा ५ सय ३७ पुरुष र ३ सय २४ महिला गरी ८ सय ६१ जनालाई कोरोना भाइरस संक्रमण भएको छ । कार्यालयको तथ्यांकअनुसार भक्तपुरमा अन्यतर्फ एकसय ८० पुरुष र एकसय १४ महिलासमेत कोरोना भाइरस संक्रमित रहेका छन् ।

९७ प्रतिशत संक्रमित डिस्चार्ज

भक्तपुरका कूल संक्रमितमध्ये ९७.५५ प्रतिशत संक्रमित डिस्चार्जसमेत भएका छन् । यहाँका ५ हजार २ सय १४ पुरुष र ४ हजार ५७ महिला गरी ९ हजार २ सय ७१ जना संक्रमित डिस्चार्ज भएका हुन् ।
जसअनुसार अहिले भक्तपुरमा ६२ पुरुष र ४४ महिला गरी जम्मा एकसय ६ जनामात्रै सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये पनि ८७.७३ प्रतिशत अर्थात ५६ पुरुष र ३७ महिला होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिए ।
उनका अनुसार ६ पुरुष र ७ महिला गरी १३ जनामात्रै अस्पताल तथा नगरपालिकाहरुले सञ्चालन गरेको आइसोलेसनमा रहेका छन् । जसअनुसार चाँगुनारायणका ५, मध्यपुरका ४, सूर्यविनायकका ३ र भक्तपुरका एक जना सक्रिय संक्रमित अस्पताल तथा नपाको आइसोलेसनमा रहेका हुन् ।
सक्रिय संक्रमितमध्ये सूर्यविनायक नपामा ४१, मध्यपुर थिमि नपामा ४०, चाँगुनारायण नपामा १२ र भक्तपुर नपामा ७ जना तथा अन्य ६ जना रहेका छन् । त्यस्तै सूर्यविनायकका ३८, मध्यपुरका ३६, चाँगुनारायणका ६, भक्तपुरका ६ र अन्य ५ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

एकसय २६ जना संक्रमितको मृत्यु

भक्तपुरमा पछिल्लो एक महिना कोरोना भाइरस संक्रमणको कसैको मृत्यु भएको छैन । यहाँ संक्रमणका कारण मृत्यु हुनेको संख्या एकसय २६ रहेको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार ८१ पुरुष र ४५ महिला गरी एकसय २६ जनाको मृत्यु भएको हो ।
कार्यालयका प्रमुख मिजारले भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका ४५ जना संक्रमितको मृत्यु भएको जानकारी दिए । जसमा पुरुष २९ र महिला १६ जना रहेको उनले बताए ।
‘भक्तपुरपछि मध्यपुर थिमि नपाका २७ जना पुरुष र १४ जना महिला गरी ४१ जना संक्रमितको मृत्यु भएको छ’, उनले थपे, ‘त्यस्तै सूर्यविनायक नपाका १८ पुरुष र १३ महिला गरी ३१ तथा चाँगुनारायण नपाका ७ पुरुष र २ महिला गरी ९ जनाको मृत्यु भएको छ ।’
भक्तपुरमा कूल संक्रमितको १.३२ प्रतिशत मृत्यु भएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!