Connect with us

HEALTH

भक्तपुरमा सक्रिय संक्रमितको संख्या २ सय १३

Published

on

File Photo

भक्तपुर । भक्तपुरका ९६.४० प्रतिशत कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् ।
यहाँका कूल ९ हजार ४ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ९ हजार ९१ जना डिस्चार्ज भएका हुन् ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार यहाँका ५ हजार एकसय १८ पुरुष र ३ हजार ९ सय ७३ महिला गरी ९ हजार ९१ जना डिस्चार्ज भएका छन् ।
कार्यालयका प्रमुख कृष्ण मिजारले मंगलबारसम्म भक्तपुरमा २ सय १३ जनामात्रै सक्रिय संक्रमित रहेको जानकारी दिए । जसमा एकसय १९ पुरुष र ९४ जना महिला रहेका छन् ।
सक्रिय संक्रमितमध्ये ८९.६७ प्रतिशत अर्थात एकसय ९१ जना होम आइसोलेसनमा छन् । एकसय १२ पुरुष र ७९ महिला होम आइसोलेसनमा बस्दा ७ पुरुष र १५ महिला गरी २२ जनामात्रै अस्पताल तथा नगरपालिकाले सञ्चालन गरेका आइसोलेसनमा बसेको कार्यालय प्रमुख मिजारले जानकारी दिए ।
उनका अनुसार भक्तपुर चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा ५० पुरुष ३६ महिला गरी ८६ जना सक्रिय संक्रमित रहेका छन् । मध्यपुर थिमिपछि सूर्यविनायक नपामा ३४ महिला र ३५ पुरुष गरी ६९ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै भक्तपुर नपामा १२ महिला र १० पुरुष गरी २२ जना तथा चाँगुनारायण नपामा १० पुरुष र ५ महिला गरी १५ जना सक्रिय संक्रमित रहेका छन् ।
कार्यालयको तथ्यांकअनुसार भक्तपुरका ४ नपामध्ये मध्यपुर थिमि नपामै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् । यहाँ एकहजार ९ सय २१ पुरुष र एकहजार ५ सय ५२ महिला गरी ३ हजार ४ सय ७३ जना संक्रमित पुगेका छन् ।
सूर्यविनायक नपाका एकहजार ७ सय ५० पुरुष र एकहजार २ सय ८९ महिला गरी ३ हजार ३९ जनालाई संक्रमण पुष्टि भएको छ ।
त्यस्तै भक्तपुर नपाका ९ सय ४० पुरुष र ८ सय ३५ महिला गरी एक हजार ७ सय ७५ जना र चाँगुनारायण नपाका ५ सय ३० पुरुष र ३ सय २२ महिला गरी ८ सय ५२ जनालाई संक्रमण पुष्टि भएको छ ।

एकसय २६ जना संक्रमितको मृत्यु

भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या एकसय २६ पुगेको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार ८१ पुरुष र ४५ महिला गरी एकसय २६ जनाको मृत्यु भएको हो ।
कार्यालयका प्रमुख मिजारले भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका ४५ जना संक्रमितको मृत्यु भएको जानकारी दिए । जसमा पुरुष २९ र महिला १६ जना रहेको उनले बताए ।
‘भक्तपुरपछि मध्यपुर थिमि नपाका २७ जना पुरुष र १४ जना महिला गरी ४१ जना संक्रमितको मृत्यु भएको छ’, उनले थपे, ‘त्यस्तै सूर्यविनायक नपाका १८ पुरुष र १३ महिला गरी ३१ तथा चाँगुनारायण नपाका ७ पुरुष र २ महिला गरी ९ जनाको मृत्यु भएको छ ।’
भक्तपुरमा कूल संक्रमितको १.३३ प्रतिशत मृत्यु भएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!