Connect with us

HEALTH

भक्तपुरमा संक्रमित ८ हजार ८ सय नाघे

Published

on

भक्तपुर । भक्तपुरमा कोरोना भाइरस संक्रमित संख्या ८ हजार ८ सय ४ पुगेको छ । बुधबार १६ पुरुष र ११ महिला गरी २७ जना थपिएसँगै यहाँ कोरोना भाइरस संक्रमितको संख्या ८ हजार ८ सय नाघेको हो । जसअनुसार पुरुष ४ हजार ९ सय ७४ र महिला ३ हजार ८ सय ५६ रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका अनुसार भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा एक हजार ७ सय ८४ पुरुष र एक हजार ४ सय ५३ महिला गरी कूल ३ हजार २ सय ३७ संक्रमित पुगेका छन् ।
सूर्यविनायक नपाका एकहजार ६ सय २४ जना पुरुष र एक हजार एकसय ८६ जना महिला गरी २ हजार ८ सय १० जनालाई संक्रमण पुष्टि भएको छ । भक्तपुरका नपामा संक्रमितको संख्या ९ सय १२ जना पुरुष र ८ सय १० जना महिला गरी एक हजार ७ सय २२ जना पुगेका छन् ।
त्यस्तै चाँगुनारायण नपामा ५ सय २ जना पुरुष र ३ सय एक जना महिला गरी ८ सय ३ संक्रमित रहेका छन् ।

९२ प्रतिशत संक्रमित डिस्चार्ज

स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरका कूल संक्रमितमध्ये ९२.५५ प्रतिशत डिस्चार्ज भएका छन् । जसअनुसार ४ हजार ६ सय १५ पुरुष र ३ हजार ५ सय ५८ महिला गरी कूल ८ हजार एकसय ७३ जना संक्रमित डिस्चार्ज भएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
उनले भक्तपुरमा बुधबारसम्म ५ सय ४१ जनामात्रै सक्रिय संक्रमित रहेको जानकारी दिए । जसमा २ सय ८६ पुरुष र २ सय ५५ महिला रहेको उनले बताए ।
‘सक्रिय संक्रमितमध्ये सूर्यविनायक नपाका २ सय १९, मध्यपुर थिमि नपामा एकसय ७५, भक्तपुर नपामा ६५ र चाँगुनारायण नपामा ५८ जना रहेका छन्’, प्रमुख मिजारले भने ।
उनका अनुसार कोरोना भाइरस संक्रमणका कारण भक्तपुरका एकसय १६ जनाको मृत्यु भएको छ । यहाँका ७३ पुरुष र ४३ महिला गरी एकसय १६ जना संक्रमितको मृत्यु भएको हो ।
यहाँका चार नपामध्ये सबैभन्दा बढी भक्तपुरका २८ पुरुष र १५ महिला गरी ४३ जना संक्रमितको मृत्यु भएको छ ।
मध्यपुर थिमि नपाका २५ पुरुष र १४ महिला गरी ३९ जना, सूर्यविनायक नपाका १३ पुरुष र १३ महिला गरी २६ तथा चाँगुनारायण नपाका ७ पुरुष र एक महिला गरी ८ जना संक्रमितको मृत्यु भएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!