Connect with us

HEALTH

भक्तपुरमा संक्रमित पुगे ४ हजार ६ सय ९०

Avatar

Published

on

File Photo

भक्तपुर । भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढिरहेको छ । मंगलबार एकैदिन भक्तपुरमा एकसय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ६ सय ९० पुगेका छन् । जसमा २ हजार ६ सय ९३ जना पुरुष र एकहजार ९ सय ९७ जना महिला संक्रमित रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार मंगलबार भक्तपुरमा थप ९६ पुरुष र ७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जसमा सबैभन्दा बढी भक्तपुर नपाका २९ महिला र २९ पुरुष गरी ५८ जनामा संक्रमण भएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
त्यस्तै मध्यपुर थिमि नपाका ३१ पुरुष र २२ महिला गरी ५३ जना संक्रमण भएको छ ।
उनका अनुसार मंगलबार सूर्यविनायक नपामा २६ पुरुष र २० महिला गरी ४६ जना तथा चाँगुनारायण नपामा ५ पुरुष र ४ नपा गरी ९ जना नयाँ संक्रमित थपिएका छन् । ५ पुरुष र २ महिला गरी ७ संक्रमित भने सम्पर्कविहीन भएको उनले बताए ।
मंगलबारसम्म भक्तपुरमा एकहजार २ सय ४७ पुरुष र ८ सय ९० महिला गरी २ हजार एकसय ३७ सक्रिय संक्रमित रहेका छन् ।
‘जसमध्ये एकहजार ५ सय ६२ होम आइसोलेसनमा रहेका छन्’, प्रमुख मिजारले थपे, ‘५ सय ७५ जना संक्रमित भने अस्पतालको आइसोलेसनमा रहेका छन् ।’
उनका अनुसार भक्तपुरका एकहजार ४ सय १० जना पुरुष र एकहजार ९० जना महिला गरी २ हजार ५ सय संक्रमित डिस्चार्ज भएका छन् । जुन कुल संक्रमितको ५३.३० प्रतिशतमात्रै हो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM