Connect with us

HEALTH

भक्तपुरमा कोरोना भाइरस संक्रमित ४ हजार ५ सय नजिक

Avatar

Published

on

भक्तपुर । भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या चार हजार ५ सय नजिक पुगेको छ । सोमबार एकसय ६८ जना थपिएसँगै भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ४ सय ७७ पुगेको हो । जसमा पुरुष २ हजार ५ सय ५७ र महिला एक हजार ९ सय २० रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार भक्तपुरका ९९ जनामात्रै संक्रमित पुष्टि भएको जनाएको थियो । तर जिल्लामा एकसय ६८ जना संक्रमितको विवरण प्राप्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका अनुसार सोमबार सबैभन्दा बढी मध्यपुर थिमिमा ४१ पुरूष र २८ महिला गरी ६९ जनामा कोरोना पुष्टि भएको छ ।
त्यसपछि सूर्यविनायक नगरपालिकामा २६ पुरूष र २२ महिला गरी ४८ जना, भक्तपुर नगरपालिकामा १२ पुरूष र ८ महिला गरी २० जना तथा चाँगुनारायण नगरपालिकामा ९ पुरूष र ११महिला गरी २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको कार्यालयकी अधिकृत निष्ठा बल्लले जानकारी दिइन् ।
उनका अनुसार ११ जनासँग सम्पर्क हुन सकेको छैन ।

थप ४ को मृत्यु

त्यस्तै सोमबार भक्तपुरमा कोरोना भाइरस संक्रमणले थप ४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । जसमा पुरुष ३५ र महिला १६ रहेका छन् ।

२ हजार ८ सय २७ डिस्चार्ज

भक्तपुरका २ हजार ८ सय २७ जना संक्रमित डिस्चार्ज भएका छन् । जसअनुसार पुरुष एकहजार ३ सय ६३ र महिला एक हजार ६४ जना डिस्चार्ज भएका हुन् । यो संक्रमित संख्याको ५४.२१ प्रतिशत हो ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार सोमबारसम्म भक्तपुरमा एकहजार एकसय ५९ पुरुष र ८ सय ४० महिला गरी एकहजार आठसय ९५ सक्रिय संक्रमित रहेका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM