Connect with us

HEALTH

भक्तपुरमा थपिए एकसय ५९ : संक्रमित पुगे २ हजार ८ सय ९७

Avatar

Published

on

भक्तपुर । भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या तीन हजार नजिक पुगेको छ ।
बिहीबार एकैदिन एकसय ५९ थपिएपछि भक्तपुरमा संक्रमितको संख्या २ हजार ८ सय ९७ जना पुगेको हो । जसअनुसार एकहजार ६ सय २२ पुरुष र एकहजार २ सय ६५ जना महिला रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको हो ।
स्वास्थ्य मन्त्रालयले बिहीबार भक्तपुरमा ६९ महिला र ६६ पुरुष गरी जम्मा एकसय ३५ जनालाई संक्रमण पुष्टि भएको जनाएको थियो तर भक्तपुरमा एकसय ५९ जना संक्रमितको विवरण प्राप्त भएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
उनका अनुसार ८० पुरुष र ७१ महिला गरी एकसय ५१ जनाको ठेगाना प्रस्ट खुले पनि ४–४ महिला र पुरुष सम्पर्कविहीन छन् ।
उनले बिहीबार भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिमा ३० महिला र २४ पुरुष गरी ५४ जना नयाँ संक्रमित थपिएको बताए । मध्यपुर थिमि भक्तपुरमै सबैभन्दा बढी संक्रमित देखापरेको नपा हो । यहाँ बिहीबारसम्म संक्रमितको संख्या एकहजार ६८ पुगेको छ । त्यस्तै बिहीबार थपिएकासँगै मध्यपुर थिमिमा सक्रिय संक्रमितको संख्या ४ सय २६ पुगेको मिजारले जानकारी दिए ।
उनले मध्यपुर थिमिका ६ सय २६ जना संक्रमित डिस्चार्ज भएको बताए । मध्यपुर थिमिका ११ पुरुष र ५ महिला गरी १६ जना संक्रमितको मृत्यु भइसकेको छ ।
मध्यपुर थिमिपछि बिहीबार सूर्यविनायक नपामा २७ पुरुष र १८ महिला गरी ४५ जना संक्रमित थपिए । यससँगै यहाँ संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।
बिहीबारसम्म सूर्यविनायकका २ सय ८५ जना संक्रमित डिस्चार्ज भएका छन् । यहाँका ४ पुरुष र २ महिला गरी ६ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ ।
त्यस्तै बिहीबार भक्तपुर नपामा २२ पुरुष र १६ महिला गरी ३८ जना र चाँगुनारायण नपामा ७–७ महिला र पुरुष गरी १४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार भक्तपुर नपामा बिहीबारसम्म संक्रमितको संख्या ८ सय १५ पुगेको छ । यहाँ सक्रिय संक्रमितको संख्या भने ३ सय ९७ रहेको छ । यहाँका ४ सय ८ जना संक्रमित डिस्चार्ज भएका छन् । त्यस्तै ७ पुरुष र ३ महिला गरी १० जना भक्तपुरको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
चाँगुनारायण नपामा भने बिहीबारसम्म संक्रमितको संख्या २ सय ९४ पुगेको छ । यहाँका एकसय ६१ जना संक्रमित डिस्चार्ज भएका छन् । बिहीबारसम्म यहाँ एकसय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।
चाँगुनारायण नपाका एकजना पुरुषको मात्रै संक्रमणको कारण मृत्यु भएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM