Connect with us

HEALTH

भक्तपुरमा संक्रमितको संख्या ६ सय ८८

Avatar

Published

on

भक्तपुर । भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ८८ पुगेको छ । जसमध्ये ३ सय ९६ पुरुष र २ सय ९२ महिला रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
शनिबार भक्तपुरमा ४३ जना संक्रमित थपिएका थिए । जसअनुसार सबैभन्दा बढी मध्यपुर थिमि नपामा १३ पुरुष र ५ महिला गरी १८ जना संक्रमित थपिएको छ । मध्यपुर थिमि भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी संक्रमित भएको नगरपालिका हो ।
मध्यपुर थिमिपछि सूर्यविनायक नपामा शनिबार ८ महिला र ७ पुरुष गरी १५ संक्रमित थपिए । भक्तपुर नपामा ८ महिला र १ पुरुष गरी ९ तथा चाँगुनारायण नपामा १ महिला संक्रमित थपिएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण भक्तपुरका ५ महिला र ५ पुरुष गरी १० जनाको मृत्युसमेत भइसकेको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM