Connect with us

HEALTH

मध्यपुर थिमिमा एकैदिन ३१ नयाँ संक्रमित थपिए

Published

on

भक्तपुर । कोरोना भाइरस संक्रमणमा भक्तपुरको ‘हटस्पट’ बन्दै आएको मध्यपुर थिमि नगरपालिका बिहीबार एकैदिन ३१ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । जिल्लाभर एकैदिन ४१ जना नयाँ संक्रमित थपिँदा मध्यपुर थिमि नपाका मात्रै ३१ जना रहेका हुन् ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार यससँगै मध्यपुर थिमि नपामा कोरोना भाइरस संक्रमितको संख्या एकसय ५६ पुगेको छ । यो संख्या भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी हो ।
जब कि भक्तपुर जिल्लाभर कोरोना भाइरस संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।
बिहीबार भक्तपुर नपामा पाँच महिला र चार पुरुष गरी ९ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय प्रमुख कृष्ण मिजारले जानकारी दिए । भक्तपुर नपामा कूल संक्रमितको संख्या ६२ पुगेको छ ।
त्यस्तै सूर्यविनायक नपामा एकजना संक्रमित थपिएका छन् । यससँगै सूर्यविनायक नपामा संक्रमितको संख्या ९४ पुगेको छ ।
कार्यालयका अनुसार स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा बिहीबार भक्तपुरमा ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाए पनि भक्तपुरका ३३ जनामात्रै रहेका छन् । बाँकी ८ जना भक्तपुरका दुईजनाको दोस्रोपटकको परीक्षण हो ।
काठमाडौं र ललितपुरका २–२ जना र बाँकी २ जना काठमाडौं उपत्यका बाहिरका संक्रमित रहेको स्वास्थ्य कार्यालय प्रमुख मिजारले बताए ।
उनका अनुसार बुधबारजस्तै कन्ट्याक्ट ट्रेसिङपछि स्वाब पठाएकाहरुमध्ये बिहीबार पनि ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!