Connect with us

HEALTH

भक्तपुरमा १३ कोरोना संक्रमित थपिए

Published

on

Web Picture

भक्तपुर । शुक्रबार भक्तपुरमा १३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा भक्तपुरमा १५ जना संक्रमित थपिएको जानकारी दिइएको थियो । तर भक्तपुर जिल्लाका १४ जनामात्र रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका प्रमुख कृष्ण मिजारले एकजना काठमाडौं महानगरपालिका ३४ जडिबुटी निवासी रहेको रहेको बताए । त्यस्तै अर्को एकजना दोस्रोपटक परीक्षणको रिपोर्ट आएको उनले जानकारी दिए ।
उनका अनुसार सूर्यविनायक नपा निवासी एकजना संक्रमितको दोस्रोपटकको कोरोना परीक्षण पनि शुक्रबार पोजिटिभ आएको छ ।
शुक्रबारसम्म भक्तपुरमा संक्रमितको संख्या २ सय १४ पुगेको छ ।
स्वास्थ्य कार्यालय प्रमुख मिजारले शुक्रबार भक्तपुरमा सूर्यविनायक नपाका ५, भक्तपुर नपाका ५ र मध्यपुर थिमि नपाका ३ जना गरी १३ जना संक्रमित थपिएको स्पष्ट पारे ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!