Connect with us

HEALTH

भक्तपुरमा लायन्स क्लवको जनचेतना र्याली

Published

on

विश्व मधुमेह दिवसको अवसरमा भक्तपुरमा निकालिएको जनचेतना ¥याली भक्तपुर नगर परिक्रमा गरिँदै । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लव अफ भक्तपुर समन्वय समितिले बुधबार जनचेतना र्याली आयोजना गरेको छ ।
भक्तपुर दरबार क्षेत्रबाट सुरु भएको र्याली त्रिपुरासुन्दरी, चोछें, भोलाछें, नागपोखरी, दत्तात्रय, इनाचो, गोल्मढी, सुकुलढोका हुँदै टौमढीमा समापन गरिएको थियो ।

 

सांस्कृतिक बाजागाजासहितको उक्त र्यालीको उद्घाटन लायन्स क्लव अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ ए २ का गर्भनर सुदर्शनधर प्रधानाङले बेलुन उडाएर गर्नुभएको थियो ।
र्यालीका सहभागीहरुले मधुमेहसम्बन्धी विभिन्न जनचेतनामूलक प्लेकार्डसमेत बोकेका थिए ।

तीन ठाउँमा मधुमेह शिविर

त्यस्तै लायन्स क्लव अफ भक्तपुर समन्वय समितिकै आयोजनामा बुधबार भक्तपुरका तीन महत्वपूर्ण क्षेत्रमा निःशुल्क मधुमेह स्वास्थ्य शिविर आयोजना गरेको थियो ।
समितिले भक्तपुर दरबार क्षेत्र, दत्तात्रय र टौमढीमा उक्त शिविर आयोजना गरेको हो । उक्त शिविरमा भक्तपुरस्थित डा. इवामुरा मेमोरियल अस्पताल, भक्तपुर हर्ट एण्ड डाइबेटिक सेन्टर र ललितपुरस्थित अल्का अस्पतालले प्राविधिक सहयोग गरेको समितिका संयोजक विष्णुभक्त मारिखूले जानकारी दिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!