Connect with us

HEALTH

भक्तपुर क्यान्सर अस्पतलालाई १५ लाख सहयोग

Published

on

भक्तपुर क्यान्सर अस्पताललाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै प्रो.डा. रमेशकान्त अधिकारी (बायाँ) । तस्बिर : इन डेप्थ

भक्तपुर । सिनियर कन्सल्टेट बालरोग विशेषज्ञ प्रो.डा.रमेशकान्त अधिकारीले आफ्नो परिवारको तर्फबाट भक्तपुर क्यान्सर अस्पताललाई १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
अस्पतालमा क्यान्सर उपचार गराउन आउने गरिब, विपन्न एवं असहाय बिरामीको निःशुल्क उपचार गर्न स्थापित च्यारिटी अक्षयकोषको लागि उक्त आर्थिक सहयोग गरिएको हो ।
प्रो.डा. अधिकारीले बिहीबार अस्पताल पुगेर अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठलाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
क्यान्सर उपचार धेरै महंगो हुने हुँदा अस्पताल पुगेका गरिब, विपन्न तथा असहाय बिरामीलाई क्यान्सर उपचारमा केही भए पनि सहयोग पुग्ने गरी उक्त रकम सहयोग गरिएको प्रो.डा. अधिकारीले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामीहरुको चाप बढेको देखेर आफूहरु प्रभावित भए र अस्पतालले पु¥याउँदै आएको सेवामा आफूहरुको साथ रहेको भावना देखाउन उक्त सहयोग गरिएको हो ।
अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. श्रेष्ठले उक्त रकम अस्पतालस्थित गरिब, विपन्न र असहाय बिरामीहरुको निःशुल्क उपचार गर्न स्थापना भएको च्यारिटी कोषमा जम्मा गर्ने जानकारी दिए ।
कोषमा जम्मा भएको रकमको व्याजबाट अस्पतालले गरिब, विपन्न र असहाय बिरामीलाई निःशुल्क उपचार प्रदान गर्दै आएको उनको भनाइ थियो ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!